आज तरकारी तथा फलफूलको मूल्य कति छ ? | Khabarhub Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १२, अदुवा १४०, रातो आलु ३५, सेतो आलु २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ मूल्य तोकिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र हरियो धनियाँ १०० रुपैयाँमा पाइने समितले जनाएको छ ।

यसैगरी, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल गाँजर ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो २५ रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, पुदिना ३२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ ।

यस्तै, हरियो अंगुर प्रतिकेजी २५० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँमा तथा सखरखण्ड ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ०४ बजे

संसद् सचिवालयका कर्मचारीको समस्या छिटो समाधान गरौँ : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या

विजय लघुवित्तले एफपीओ जारी गर्ने

काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ)

कांग्रेसको टिप्पणी : लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले जीबी राईलाई भगाए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी

समाज लघुवित्तको साधारणसभा असार ३० गते

काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ साधारणसभा असार ३०

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याल र विकल