आज तरकारी तथा फलफूलको मूल्य कति छ ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १२, अदुवा १४०, रातो आलु ३५, सेतो आलु २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ मूल्य तोकिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र हरियो धनियाँ १०० रुपैयाँमा पाइने समितले जनाएको छ ।

यसैगरी, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल गाँजर ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो २५ रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, पुदिना ३२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ ।

यस्तै, हरियो अंगुर प्रतिकेजी २५० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँमा तथा सखरखण्ड ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ०४ बजे

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल 

काठमाडौं– राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३-८४ का लागि नेपाल सरकारको

मुक्कुमलुङ/पाथीभरा केबलकार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सोमबार काठमाडौंको

प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्‍मा ल्याउन संवाद गर्ने

काठमाडौं- संसद्लाई बेवास्ता गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अर्यालले