पठानको रेकर्ड तोड्दै 'एनिमल' बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म | Khabarhub Khabarhub

पठानको रेकर्ड तोड्दै ‘एनिमल’ बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२३ भारतीय सिनेमा मनोरञ्जनको संसारमा निकै विशेष रह्यो । बलिउडदेखि साउथ इन्डियन सम्मका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । कतिपय चलचित्रले कमाईको हिसाबले रेकर्ड समेत बनाएका छन् ।

सन् २०२३ को सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, एनिमलसालारजस्ता धेरै फिल्मले धुम मच्चाउन सफल भए ।

शाहरुख खानका लागि भने त विगतको वर्ष निकै नै विशेष रह्यो । उनले तीनवटा फिल्म ल्याए, जसमध्ये दुई ब्लकबस्टर र एउटा हिट भयो। शाहरुख खानका फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममा दरिन पुगे ।

तर २०२३ को अन्त्य, रणवीर कपूरको फिल्म एनिमलले शाहरुख खानको एक फिल्मको रेकर्ड तोड्यो र गत वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न् पुगेको छ ।

सैनलिंकका अनुसार शाहरुख खानको फिल्म पठानले भारतीय बक्स अफिसमा कुल ५४०.५१ करोडको व्यापार गरेको थियो । जसलाई ३१औँ दिन रणवीर कपुरको एनिमलले तोडेको छ ।

फिल्म एनिमलले ३१औँ दिन बक्स अफिसमा ४ करोड कमाएको छ । यसपछि एनिमलको भारतमा कुल बक्स अफिस कलेक्सन ५४४.९३ करोड पुगेको छ ।

फिल्म एनिमलले बक्स अफिसमा दर्शकको निकै माया पाइरहेको छ । यस फिल्ममा रणवीर कपूर, बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए।

फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । फिल्ममा बबी देओल र रणवीर कपुरको भूमिकाले निकै चर्चा कमाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ०२ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले