जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु  « Khabarhub

जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको सुपप्र ०१००१ क २३५४ नम्बरको जेसीबी जयपृथ्वी राजमार्ग अन्तर्गत सिमखेतमा सोमबार राति साढे ९ बजेतिर दुर्घटना परेको हो । 

जेसीबी दुर्घटना हुँदा चालक बित्थडचीर गाउँपालिका –६ का ३० वर्षीय प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

बसपार्कबाट नगरपालिकाको कार्यालयतर्फ गइरहेको जेसीबी दुर्घटनामा परेको हो । जेसीबी सडकबाट २० मिटर तल खसेको बताइएको छ । जेसीबीमा च्यापिएर चालकको मृत्यु भएको हो । 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता, प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ०८ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक