जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु  | Khabarhub Khabarhub

जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको सुपप्र ०१००१ क २३५४ नम्बरको जेसीबी जयपृथ्वी राजमार्ग अन्तर्गत सिमखेतमा सोमबार राति साढे ९ बजेतिर दुर्घटना परेको हो । 

जेसीबी दुर्घटना हुँदा चालक बित्थडचीर गाउँपालिका –६ का ३० वर्षीय प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

बसपार्कबाट नगरपालिकाको कार्यालयतर्फ गइरहेको जेसीबी दुर्घटनामा परेको हो । जेसीबी सडकबाट २० मिटर तल खसेको बताइएको छ । जेसीबीमा च्यापिएर चालकको मृत्यु भएको हो । 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता, प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ०८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बिहान उठ्ने बित्तिकै वाकवाकी लाग्छ ? समाधान थाहापाउनुहोस् !

काठमाडौं– अहिले गर्मीको मौसम छ । यो मौसममा धेरै स्वास्थ्यमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्