जुम्लाको विकास सरकारको प्राथमिकतामा : प्रधानमन्त्री | Khabarhub Khabarhub

जुम्लाको विकास सरकारको प्राथमिकतामा : प्रधानमन्त्री


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र)का जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।

उनले स्थानीयवासीको माग अनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाउनु भएको भेटमा सहभागी लेखक एवम् पत्रकार मनऋषि धितालले जानकारी दिए।

सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीन महिने अभियानको बारेमा जानकारी गराएको थियो । गाउँ–गाउँमा संगठन विस्तार तथा सरकारको काम कारबाहीलाईसमेत जनस्तरमा पुर्‍याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत पार्टी अध्यक्षलाई जानकारी गराइएको उहाँको भनाइ छ ।

यस्तै, आसन्न राष्ट्रियसभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य छिरिङल्हामु लामालगायतको उपस्थिति थियो  ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका