कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ   | Khabarhub Khabarhub

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ घर भई गौशाला बस्ने सुवर्ण सिंह तुम्बाहाङफेकि ४३ वर्षीय श्रीमती जुनु तुम्बाहाङफे रहेकी छन् ।

उनले रस्मिता भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु त्यसको लागि ६ लाख ५० हजार रुपैयाँ लाग्छ र कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी दुई लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : ०६ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले