हर्क साम्पाङको सर्त : प्रधानमन्त्री धरान आउनुपर्छ « Khabarhub

हर्क साम्पाङको सर्त : प्रधानमन्त्री धरान आउनुपर्छ

धरानका मेयर र दलका प्रतिनिधिबीचको वार्ता असफल


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उमपहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने विषयमा राजनीतिक दलका भातृ संगठन र मेयरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

मेयर राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्बिर राखेपछि विवाद चर्कँदै आएको थियो । मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पुनः राख्ने भन्दै मंगलबार दलका कार्यकर्ताहरु उपमहानगरपालिका कार्यालय पुगेका थिए ।

दलका कार्यकर्ताहरु राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर बोकेर मेयर साम्पाङको कार्यकक्षमा पुग्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उपमहानगरको प्रवेशद्वार नै बन्द गरेर अपरान्ह ४ बजेसम्म वार्ता भएको थियो ।

वार्ताका बेला नगर प्रहरी, सशस्त्र र जनपद प्रहरी व्यापक परिचालन गरिएको थियो । सर्वसाधारण सेवाग्राहीलाई बिहान १० बजेदेखि नै कार्यालय छिर्न दिइएको थिएन ।

मेयर हर्क साम्पाङ र दलका कार्यकर्ताबीच वार्ता हुँदा धरान उपमहानगरपालिका परिसरमा खटिएका सुरक्षाकर्मी

आगामी पुस २० गते आयोजना हुन लागेको धरान उत्सवको अवसरमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दलले बोलाइदिनुपर्ने मेयर साम्पाङले वार्तामा प्रस्ताव राखेका थिए । तर, तस्बिर राख्नेबारे सहमतिको ‘ड्राफ्ट’मा कुरा नमिलेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

यसअघि मेयर राई र उपमेयर अइन्द्रविक्रम बेघाले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेटेर धरान उत्सवमा प्रमुख अतिथिका रुपमा आइदिन निमन्त्रणा दिएका थिए ।

तर, अन्तिम समयमा प्रधानमन्त्री दाहाल धरान उत्सवमा उपस्थित नहुने जानकारी पाएपछि मेयर राईले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर निकालेर यलम्बरको तस्बिर राखेका हुन् ।

राजनीतिक दलका कार्यकर्ता र मेयर राईबीच तस्बिरको विषयले तनाव बढ्दै गएपछि दलहरुले आफ्ना भ्रातृ संगठनका प्रतिनिधिहरुलाई मंगलबार वार्तामा पठाएका हुन् ।

वार्तामा मेयर राईले तयार पारेको सहमतिको ड्राफ्ट भ्रातृ संगठनका प्रतिनिधिहरुले आफ्नो दलका नेतालाई सुनाएका थिए । तर, त्यसमा सहमति जुट्न सकेन ।

मेयर राईले प्रस्ताव राख्दै भनेका थिए, ‘धरान उत्सवमा प्रधानमन्त्री दाहाललाई प्रमुख अतिथिका रुपमा उपस्थित गराउन पत्र लेखी पठाइदिनुपर्‍यो ।’

प्रधानमन्त्री दाहाल धरान आउने सर्तमा आफ्नो कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर पुनः राखिने अडान लिएका थिए । तर, वार्तामा दलका भ्रातृ संगठनका प्रतिनिधिले धरान उत्सव स्थानीय सरकारको नेतृत्वमा हुने भएकाले  उपमहानगरपालिकाकै लेटरप्याडमा पत्र लेख्न भनेका थिए ।

वार्ता असफल भए पनि दलका भ्रातृसंगठनका प्रतिनिधिहरुले धरान उत्सव जसरी पनि भव्य बनाउने धारणा राखेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ५१ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन