बसको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ०३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल