पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला « Khabarhub

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ । 

यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्यांक हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । 

सिगानाका बमबहादुर खड्काले यस वर्ष  चार लाखको सुन्तला बिक्री गरे। उनी मात्र हैन  रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढमा पुगेको छ ।  

धादिङ, काठमाडौं, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले  किसानसँग सुन्तलाको मोलमोलाइ गर्न व्यस्त छन् । सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष  एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको जानकारी दिए। 

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच-पाँच लाख भित्राएका छन् । खड्काका अनुसार श्री गणेश कृषि सहकारीले सुन्तला उत्पादन तथा बिक्रीको तथ्यांक राखेको बताए । 

सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछ । 

यस वर्ष सिगानाका राधा खड्काले चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचामै व्यापारीलाई दिएका छन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैचा अझै बिक्री गर्न बाँकी छ ।

सिगानाको सुन्तला अन्य स्थानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मूल्य तिरेरै भएपनि खरिद गर्न व्यापारी आउने गरेका छन् । यस वर्ष चितवनका व्यापारीलाई  पाँच लाखमा सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिए । चितवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यस पटक चितवन आयात गरिरहेका छन् ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा खरिदका लागि त्यहाँ पुगेका हुन् । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : २६ बजे

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका

प्रधानमन्त्रीलाई आफ्नै गीतले पिरोल्यो, प्रतिपक्षीले भने, ‘हामीलाई जवाफ चाहियो सरकार’

कााठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा दिनभर प्रमुख प्रतिपक्षी नेपाली

भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित