गण्डकी र बागमतीका यातायातमन्त्रीबीच छलफल | Khabarhub Khabarhub

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच छलफल


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कास्की– यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी साधनको विद्युतीय अभिलेखीकरण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाउने लक्ष्यसहित यसको सुरुआत गरेको हो ।  

यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर सुरुआतमा परीक्षणका रुपमा विद्युतीय अभिलेखीकरण गरिएको हो । अभिलेखीकरणपछि फाइल र ढड्डा खोज्दा समयको बचत, जनशक्तिलाई कामको भार कम र कार्यालय व्यवस्थित बनेको छ । गण्डकीमा यातायात मन्त्रालयले सुरु गरेको अन्य सुधारका कार्यका बारेमा आज बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको टोलीले पोखरामा जानकारी लिएको छ ।

बागमतीका यातायातमन्त्री लक्ष्मण लम्साल, मन्त्रालयका सचिव बलराम निरौला, यातायात महाशाखा तथा यातायात कार्यालयका प्रमुखसहितको  टोलीले गण्डकीमा यातायात क्षेत्रको सुधारका लागि चालिएका कदमका बारेमा जानकारी लिएको हो । गण्डकीको यातायात मन्त्रालयले यातायात कार्यालयका सेवालाई सवारी कर अनलाइनबाटनै भुक्तानीको व्यवस्था, यातायात कार्यालय बिहान आठ बजेदेखि सञ्चालन तथा पोखरा उपत्यकामा मिटरमा ट्याक्सीलाई अनिवार्य गर्ने लगायतका सुधारका काम थालेको छ ।

मन्त्रालयमा भएको छलफलमा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालयको सेवा प्रवाह सुधारका लागि गरिएका कामका बारेमा जानकारी गराएका थिए। उनले प्रदेशमा परीक्षणका रुपमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका पुराना सबै फाइल र ढड्डालाई विस्थापित गरी विद्युतीय अभिलेखीकरण  गरिएको र यसबाट सेवाग्राहीले झन्झटरहित रुपमा छिटो सेवा पाएको बताएका छन् । 

छलफलमा यातायात क्षेत्रको सुधारका लागि दुई प्रदेशले संयुक्त रुपमा गर्न सकिने कामका बारेमा समेत छलफल भएको थियो । बागमतीका यातायातमन्त्री लम्सालले यातायातका फाइल ‘डिजिट लाइज’ गर्ने कार्यलाई बागमतीले प्राथमिकतामा राखेको बताए। गण्डकीको अनुभव र यसका लागि गरिएका प्रक्रियालाई अनुशरण गरी आफ्नो प्रदेशमा कार्यान्वयन गर्ने योजना रहेको उनले सुनाए । 

बागमतीको टोलीले कास्कीको यातायात व्यवस्था कार्यालय सवारी र सवारी चालक अनुमतिपत्र दुवै कार्यालय, ट्रायल सेन्टरलगायतको अवलोकन गरी जानकारी लिएको थियो । सो अवसरमा यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले यातायातका फाइल विद्युुतीय अभिलेखीकरण प्रक्रियाका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ०० बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो