बढ्यो विवाहेत्तर सम्बन्ध | Khabarhub Khabarhub

बढ्यो विवाहेत्तर सम्बन्ध



घटना-१
पाल्पाकी सरला शर्मा (नाम परिवर्तन) ल क्याम्पसमा बीएएलएलबी गर्दै थिइन्। निम्न वर्गीय घरमा जन्मिएकी उनी धेरै सपना बोकेर काठमाडौं पढ्न आएकी थिइन्। गाउँमा शक्तिशाली मानिसहरुले गरिब र अशक्तलाई दमनमा राखेको देख्दै उनी हुर्किएकी थिइन्। अन्याय र अत्याचारमा परेका मानिसको साथी बन्नुपर्छ भन्ने उनलाई सानैदेखि लागिरहन्थ्यो।

प्लसटुसम्मको अध्ययन सकेर उनी कानुन पढ्न काठमाडौं आएकी थिइन्। सानै उमेरमा बुवा गुमाएकी उनी एकल आमाले हुर्काएकी जेठी छोरी थिइन्। उनीभन्दा साना दुई भाइ गाउँमै पढिरहेका थिए।

छोरीले घर छोडेर बाहिर बसेर पढ्ने भन्ने कुरा समाजले पचाइरहेको थिएन। त्यसमाथि गरिबको छोरीले काठमाडौं बसेर पढ्ने भन्ने कुरा त झनै पचेन। धेरैले नानाथरीका कुरा काटे। तर, सरलाकी आमाले आफ्नी छोरीलाई चिनेकी थिइन्। छोरीको लक्ष्यलाई चिनेकी थिइन्। दूध र ध्यु बेचेरै छोरी पढाउन सक्छु भनेर उनले गाउँलेका कुरा सुनिनन्। अन्ततः सरला काठमाडौं पढ्न आइन्।

खर्च कम गर्न उनी काठमाडौंमा एकजना साथीसँग सेयरिङमा बसिन्। साथी पनि ल कलेजमै भेट भएकी थिइन्। साथीले नै उनलाई ल फर्ममा इन्टर्न गर्ने सल्लाह दिइन्। इन्टर्न गर्दा खर्च पनि जुट्ने र काम पनि सिक्न सकिन्थ्यो।

काम र पढाइ सबै राम्रो चलिरहेको थियो। एकदिन रुम पार्टनरको आफन्तमा बिहे पर्यो। उनलाई पनि निम्तो थियो। दुवैजनासँगै गए।
विवाह कार्यक्रममा साथीको मामाको छोराले साथी भनेर एकजना पुरुषसँग सरलाको चिनजान गराए। विवाहमा धेरै मान्छेसँग भेट तथा चिनजान हुन्छ। त्यो खासै नौलो कुरा थिएन।

विवाह सकिएको एक महिना पछाडि रुमपार्टनरको मामाको छोराले भेट्न बोलाए। उनीहरु दुवैजना वनस्थलीमा भेट्न गए। बिहेको दिन चिनजान भएको उक्त पुरुष पनि आएका रहेछन्। रेष्टुरेन्टमा खाजा खाँदै कुराकानी गरेर फर्किए। दाइको साथीलाई उनीहरु दुवैले दाइ भनेरै सम्बोधन गरे।

सरलालाई आमाको सपना पूरा गर्नु थियो। घर छोडेर बाहिर बसेकी भन्ने समाजको आशंकालाई चिर्नु थियो। आफ्नो लक्ष्य चुम्नु थियो। केटासँग नजिक हुने, लभ गर्ने, घुम्न हिँड्ने जस्ता कामका लागि उनीसँग समय पनि थिएन।

एकदिन सरलालाई दाइको साथीले तेरो फोन नम्बर मागेको छ भनिन्। तर उनले नदिन भनिन्। तिम्रो मामाको छोरा अर्थात् तिम्रो दाइ भएर भेट्न गएको हुँ। दाइको पनि साथीलाई फोन नम्बर दिएर के गर्ने भनिन्। अर्थात उनले उक्त पुरुषप्रति कुनै प्रतिक्रिया दिइनन्।

सरलालाई आमाको सपना पूरा गर्नु थियो। घर छोडेर बाहिर बसेकी भन्ने समाजको आशंकालाई चिर्नु थियो। आफ्नो लक्ष्य चुम्नु थियो। केटासँग नजिक हुने, लभ गर्ने, घुम्न हिँड्ने जस्ता कामका लागि उनीसँग समय पनि थिएन। कलेजमै पनि नजिक हुन खोज्ने केटाहरुसँग तर्किँदै उनी हिँडिरहेकी थिइन्।

तर, विभिन्न बाहानामा उक्त केटाले उनलाई भेट्न खोजिरह्यो। कहिले कोठामै आउने। साथीको दाइको साथी। कोठामा नबोलाउनु पनि भन्नु भएन। सेयरिङमा बसेपछि कहिले उनका मान्छे आउने कहिले आफ्नै मान्छे आउने। झिँझिन पनि भएन। तर, उक्त पुरुष कोठामै आएको सरलालाई मन परेको थिएन।

एकदिन मुखै खालेर सरलाले साथीलाई, त्यो दाइलाई कोठामै नबोलाउ भनिन्। उनको कुरा सुनेर साथी रिसाइन्। रिसाउँदै उनले भनिन्, तलाई मन पराउँछ, त्यो दाइले। पहिलेदेखि मलाई भन्देउ भनिरहेको थियो। तँ रिसाउछेस् होला भनेर नभनेको मैले। साथीको कुरा सुनेर उनी छक्क परिन्।
साथीले थपिन्, ‘सरकारी जागिर छ, काठमाडौंमा घडेरी किनेको छ। कमाएर घर पनि बनाउला। के थाहा, तेरो दुःखको सहारा बनाएर भगवानले पठाएको मान्छे यही पो हो कि ? पढाइ सकेर बिहे त पक्कै गर्ने होला। साथीले असाध्यै मिठो कुरा गरी। तर, सरलाको मन मानेको थिएन। लभ-सभको चक्करमा परेर पढाइ बिग्रन्छ कि भन्नेमा उनलाई धेरै डर थियो।

एकदिन मुखै खालेर सरलाले साथीलाई, त्यो दाइलाई कोठामै नबोलाउ भनिन्। उनको कुरा सुनेर साथी रिसाइन्। रिसाउँदै उनले भनिन्, तलाई मन पराउँछ, त्यो दाइले। पहिलेदेखि मलाई भन्देउ भनिरहेको थियो। तँ रिसाउछेस् होला भनेर नभनेको मैले।

तर, साथीको कुराले सरलाको मनमा यदाकता उक्त पुरुषप्रतिको सकारात्मक पक्षले जग बनाउँदै गएको थियो। कुराकानी बढ्दै गयो, भेटघाट बढ्दै गयो। केटो नराम्रो थिएन। उमेरले सरला भन्दा सात वर्ष जेठो थियो। व्यवहारले पनि परिपक्व लाग्ने। यस्तै कुराले उनी झनै नजिकिदै गइन्।

प्रेम गर्नबाट को रोकिन सकेको छ र ? सुरुमा नाइँ, हुँदैन भन्दै गए पनि मान्छे एकदिन प्रेममा पर्छ। प्रेमले कुनै मानिसलाई आफ्नो लक्ष्यवेगर बनाउने पनि होइन। सही साथी मिलेमा यो संसारमा प्रेम जति सुन्दर भाव अरु के छ र ? सरलाले उक्त व्यक्तिसँग जीवन जिउने सपना बुन्दै गइन्।

भोलि बिहे गरौंला, घरजम बसालौंला भनेर केटाले भनेको थिएन। तर उसको निकटताले उक्त भाव दर्शाइरहेको थियो। प्रेम सम्बन्धमा बस्नु पनि भविष्यको योजना बनाउनु हो भन्ने सरलालाई लागेको थियो।

यसरी नै समय बितिरहेको थियो। दुवैजना एकअर्काप्रति हाँसीखुसी थिए। सुख-दुःखमा साथ दिए। उनले आफ्नो प्रेमीका बारेमा आमालाई सुनाएकी थिइन्। बिहे कसरी गर्ने, कति खर्च लाग्ला केही चिन्ता गर्न पर्दैन भन्थिन्। केटा राम्रो छ, दाइजो दिन पर्दैन भनेर उनले आमालाई सम्झाएकी थिइन्। के गर्नु, गरिबको छोरीले बिहे पनि आफैं गर्नुपर्छ। पढेलेखेकी छस्, तँ जत्तिको मान्छेले राम्रै केटा रोजिस् होला भन्ने आमाको जवाफ थियो।

सरलाको बीएएलएलबी सकियो। उनले काम पनि गर्न सुरु गरिन्। आमाले अब केटासँग बिहेको कुरा गर्नु भन्नुभयो। तर उनलाई बिहेको प्रस्ताव केटाले नै राखुन् भन्ने थियो। उनले आमालाई केही समय पर्खन भनिन्।

सरलाको बीएएलएलबी सकियो। उनले काम पनि गर्न सुरु गरिन्। आमाले अब केटासँग बिहेको कुरा गर्नु भन्नुभयो। तर उनलाई बिहेको प्रस्ताव केटाले नै राखुन् भन्ने थियो। उनले आमालाई केही समय पर्खन भनिन्।

सम्बन्धमा रहेको निकै वर्ष पूरा भइसकेको थियो। उमेरले पनि केटा सरला भन्दा सात वर्षले जेठो थियो। समयको हिसाबले उनी भन्दा धेरै केटा नै बिहेको लागि तत्पर हुनुपर्ने, तर उसलाई कुनै हतार थिएन। केटा आफैंले बिहेको कुरा नराख्ने देखेपछि उनले आफैं हामी बिहे कहिले गर्ने ? घरमा आमाले पनि चिन्ता गरिाख्नुभएको छ भनेर सुनाइन्।

केटाले एक वर्ष पर्खन भने। भैंसेपाटीमा घर बनाउने तयारीमा छु। तिमीलाई भाडाको घरमा भित्र्याउन मन छैन, आफ्नै घर बनाएर लैजाने जवाफ दिए। प्रेमीको कुरा सुनेर सरलालाई निकै खुसी लाग्यो। यो मान्छे मेरो सुखका लागि सोचेर हिँडिरहेको छ, म भने बिहे-बिहे भन्दै रोइकराइ गरिरहेकी छु। अब आइन्दा यस्तो गर्न हुन्न भन्नेमा उनी सजग भइन्।

तर, जब बिहेको कुरा निस्कियो, केटामा विस्तारै परिवर्तन देखिन थाल्यो। भेट्न आउन कम गर्ने, फोन कम हुँदै गयो। ऊ विभिन्न बाहाना बनाउँदै तर्किन थाल्यो। सरलालाई प्रेमीको वेवास्ता मन परिरहेको थिएन। तर, एक पक्षले मात्रै चाहेर के हुन्छ ?

एकदिन सरलालाई प्रेमीको साथीले फोन गरे। उनले भने, ‘ऊ शान्ति सेनामा हिजो हाइटी गयो, मलाई खबर गर्दिनु भनेको थियो। हतारमा जानु परेकाले तपाईलाई खबर गर्न नभ्याएको भन्थ्यो।’

जब बिहेको कुरा निस्कियो, केटामा विस्तारै परिवर्तन देखिन थाल्यो। भेट्न आउन कम गर्ने, फोन कम हुँदै गयो। विभिन्न बाहाना बनाउँदै तर्किन थाल्यो। सरलालाई प्रेमीको वेवास्ता मन परिरहेको थिएन।

त्यसपछि सरलालाई आफ्नो प्रेमीमाथि शंका लाग्न थाल्यो। हाइटी जाने कुरा अफिसले एक दिनमा निर्णय त पक्कै गर्दैन। कसरी उ मलाई नभनी जान सक्यो ? हिजो मरेर मेरो पिछा गरेको मान्छेले, आज अचानक यसरी रुप कसरी बदल्न सक्छ ? बिहे गरेर, छोराछोरी पाएर जीवनभरसँगै बस्ने, सँगै बुढो हुने सपना देखाएको मान्छे खबर नगरी हाइटी जान सक्छ ?

उनको मनमा प्रश्नका ज्वारभाटा उठ्न थाले। तर उनको प्रश्नको जवाफ दिने कोही थिएन। प्रेमीको मोबाइल नम्बर बन्द थियो। फेसबुक उसले चलाउँदैनथ्यो। अब के गर्ने ? कुनै उपाय भएन। उसले छोडेकै हो भने पनि उनलाई किन छोड्यो भन्ने प्रश्नको जवाफ चाहिएको थियो। तर त्यो जवाफ उक्त केटाले बाहेक कसले दिन सक्छ ? उनले झट्ट उनकी आमालाई सम्झिन्।

सरलाले एकदिन उसको गाडीको लाइसेन्समा उसको पुरानो घरको ठेगाना देखेकी थिइन्। उनले त्यही ठेगाना याद गरेर दोलखा जाने निधो गरिन्। केटाको पुख्र्यौली घर दोलखा थियो। उनकी आमा दोलखामा थिइन्, बुवा भने धेरै वर्ष अगाडि स्वर्गवास भइसकेका थिए।

छोराले नदिएको जवाफ माग्न उनी दोलखा प्रस्थान गरिन्। लाइसेन्समा भएको ठेगाना सोध्दै-सोध्दै उनी केटाको घरमा पुगिन्। घर पुग्दा वातावरण अर्कै थियो।

काठमाडौंमा उसले निकै सम्पन्न परिवारको जस्तो गरे पनि गाउँमा सानो माटोले बनेको घर थियो। आँगनमा एक बुढीआमा घाम तापेर बसिरहेकी थिइन्। उसैकी आमा भनेर उनलाई छुट्याउन गाह्रो परेन। उनले नमस्कार गरिन्। छोराको साथी भएको बताइन्।

काठमाडौंमा उसले निकै सम्पन्न परिवारको जस्तो गरे पनि गाउँमा सानो माटोले बनेको घर थियो। आँगनमा एक बुढीआमा घाम तापेर बसिरहेकी थिइन्। उसैकी आमा भनेर उनलाई छुट्याउन गाह्रो परेन। उनले नमस्कार गरिन्। छोराको साथी भएको बताइन्।

एक एनजिओको कामले दोलखा आउँदा तपाईंलाई भेट्न मन लागेको बताइन्। उनको कुरा सुनेर आमाको अनुहारमा खुसी चम्कियो।
आमाले बुहारी भन्दै कसैलाई बोलाउनुभयो। एक अधबैंसे, म्याक्सी लगाएकी महिला भान्साबाट निस्किइन्। आमाले उनलाई देखाउँदै भन्नुभयो, ‘मेरो छोराकी जहान।’

त्यो ‘जहान’ शब्दले सरलाको पृथ्वी भासियो। तर आफूलाई सम्हाल्ने भन्दा अर्को उपाय थिएन। उनी नमस्कार गर्दै नजिकै आइन्। पछाडिबाट ममी-ममी भन्दै दुई केटाकेटी पछ्याउँदै आए।

काठमाडौंमा आफू त्यस्तो हिरो बनेर हिँड्ने मान्छेकी श्रीमती यति घरेलु ? छोरा र छोरी रहेछन्। छोरी जम्मा दुई वर्षकी थिइन्। यानेकी सरलासँग प्रेमसम्बन्धमा रहेकै बेला यता घरमा उसकी श्रीमती गर्भवती भएकी रहेछिन्।

श्रीमती मन नपरेर उनीसँग सम्बन्ध बनाएको पनि होइन रहेछ। त्यसो भए यो चार वर्ष उसले देखाएको प्रेम के थियो ? उनी केहीबेरमा उक्त घरबाट निस्किन्।

काठमाडौंमा आफू त्यस्तो हिरो बनेर हिँड्ने मान्छेकी श्रीमती यति घरेलु ? छोरा र छोरी रहेछन्। छोरी जम्मा दुई वर्षकी थिइन्। यानेकी सरलासँग प्रेमसम्बन्धमा रहेकै बेला यता घरमा उसकी श्रीमती गर्भवती भएकी रहेछिन्।

त्यो रात दोलखाको सदरमुकाममै उनी बसिन्। राति आफ्नी आमालाई फोन गरेर धेरै रोइन्। त्यो पापीले मेरो छोरीलाई घर न घाटको बनायो। त्यसलाई मरेपछि नर्क मिलोस् भनेर आमाले सराप दिइन्।

सरलाले आफूमाथि अन्याय भएको महसुस गरिन्। तर, यस्ता सम्बन्धका विषयमा कानुनी प्रावधान अन्योलग्रस्त छ। कानुनका प्रत्येक धारा पढेको मान्छे, आफू अन्यायमा पर्दा एक शब्द बोल्न नसक्ने अवस्थामा पुग्छ।

घटना-२
गोर्खाकी ज्योती भण्डारी (नाम परिवर्तन) काठमाडौंको एक सरकारी कलेजमा स्नातक दोस्रो सेमेष्टरमा पढ्दै थिइन्। उनी आमसञ्चार विषयकी विद्यार्थी थिइन्। थोरै चञ्चले स्वभावकी उनी सबैसँग हासीमजाक गरिरहन्थिन्। झट्ट हेर्दा अल्लारे जस्तो देखिए पनि उनी निकै व्यवहारिक र संवेदनशील थिइन्।

उनलाई आजकालका हावा तालका केटाहरु भन्दा पनि परिपक्क केटा मन पर्थ्र्यो। कलेजमा उनले केटा साथीहरु प्रायःले सिगरेट पिउने देखेकी थिइन्। उनलाई सिगरेट नपिउने, जाँडरक्सी नखाने मान्छे राम्रो लाग्थ्यो। उनलाई आफ्नी आमाले अम्मली केटासँग बिहे गरे दुःख हुने बताएकी थिइन्। उनको मनमा आमाको कुरा गहिरोसँग बसेको थियो।

एकदिन कलेजमा नयाँ प्रोफेसर आए। उनीहरुको रिसर्च पढाउने। ज्योतीलाई कता-कता उक्त प्रोफेसर आफूले खोजेको जस्तो, आफूले चाहेको जस्तो , आफूले कल्पना गरिरहेको मान्छे यहि हो भन्ने लाग्यो। तर उनी प्रोफेसर थिए, उनको परिकल्पनाले आकार लिने पर-परसम्म कुनै सम्भावना थिएन।

उनलाई प्रोफेसरसँग केही हुँदैन भन्ने थाहा थियो। यस्तो सोच्नु पनि गलत हो भन्ने पनि लाग्थ्यो। तर उनी एकोहोरो प्रोफेसरलाई हेरि नै रहन्थिन्।

करिब दुई महिनापछि अचम्मै भो। प्रोफेसरले फेसबुकमा साथी बन्ने अनुरोध पठाए। उनको खुसीको सिमा रहेन। अहिले विद्यार्थी र प्रोफेसर सामाजिक सञ्जालमा साथी बन्ने कुरा सामान्य बनिसक्यो। उनले अनुरोध स्वीकार गरिन्।

त्यसको भोलिपल्ट रातको करिब १० बजेतिर प्रोफेसर आफैले हेलो भनेर मेसेज गरे। ज्योतिलाई अचम्मै लाग्यो, प्रोफेसर पनि हामी जस्तै हुने रहेछन् भन्ने लाग्यो। सुरुमा सरले पढाइ लेखाइबारे कुरा गर्थे। पछि घरपरिवारका बारेमा पनि चासो राखे। उनलाई सर झनै मन पर्न थाल्यो। सामाजिक सञ्जालमा बोले पनि प्रोफेसर कलेजमा भने बोल्दैनथे।

एकदिन कुरैकुरामा प्रोफेसरले क्लासमा तिमीले हेरिरहेको मेसो पाउँछु भनेछन्। उनी लाजले रातोपिरो भइन्। उनले किन हेर्छयौ? भनेर पनि सोधे। तर उनीसँग यसको जवाफ थिएन। उनीहरुबीचमा अनौपचारिक कुराहरु बढ्दै गयो।

प्रोफेसर अविवाहित रहेछन्। काठमाडौंमा एक्लै बस्ने। कहिलेकाँही बिरामी हुँदा निकै गाह्रो हुने कुरा सुनाउने रहेछन्। उनीहरुको एकअर्काको भाव मिल्दै गएको थियो। त्यसैले निकटता पनि बढ्दै गयो। उनीहरु एकअर्काको कोठामा आउने जाने गर्न थाले। उमेर, पढाइ, जागिर सबै कुराले प्रोफेसर परिपक्व थिए। त्यसकारण सम्बन्धलाई लिएर ढुक्क थिइन्।

विवाह भएको ७/८ महिनामा बच्चा जन्मिँदा स्वाभाविक मान्छेहरुले नानाथरी कुरा त पक्कै गर्छन्। उनलाई पनि त्यो गर्भ राख्न मन लागेन। दुवैको सहमतिमा गर्भ फाले।

स्नातक सकेर बिहे गरेर सँगै बस्ने उनीहरुको योजना थियो। तर अचानक ज्योतिको पिरियड रोकियो। चेक गर्दा उनी गर्भवती भएकी रहिछन्। त्यसपछि उनले प्रोफेसरलाई बिहे गरौं भनिन्। तर, प्रोफेसरले बिहे गरे पनि यो बच्चा जन्माउँदा परिवार, समाज र आफन्तले अनेक थरीका कुरा गर्न सक्ने हुँदाँ गर्भ फाल्ने कुरा राखे। विवाह भएको ७/८ महिनामा बच्चा जन्मिँदा स्वाभाविक मान्छेहरुले नानाथरी कुरा त पक्कै गर्छन्। उनलाई पनि त्यो गर्भ राख्न मन लागेन। दुवैको सहमतिमा गर्भ फाले।

तर, गर्भ फालिसकेपछि प्रोफेसर केही टाढिएजस्तो गर्न थाले। वेवास्ता गर्न थाले। कामले फुर्सद नभएर होला भन्ने उनलाई लागेको थियो। तर अचानक उनले कलेजबाट राजीनामा दिएको कुरा आयो। यत्रो निर्णय लिदाँसम्म ज्योति पुरै अनविज्ञ थिइन्। उनलाई कुनै जानकारी नै नगरी कसरी राजीनामा दिए ?

बुझ्नलाई उनले फोन गरिन् तर सम्पर्क हुन सकेन। सामाजिक सञ्जालमा पनि उसले ब्लक गरेछ। त्यसपछि उनले थाहा पाइन- प्रोफेसरले धोका दियो। अब केही उपाय छैन, के गर्ने ? उनले नजिकको साथीलाई सुनाइन्। साथीले एकपटक प्रोफेसरको घरमा गएर कुरा गर्ने सल्लाह दिइन्।

साथीको सल्लाह बमोजिम ज्योति प्रोफेसरको घरमा गइन्। उनी साथी लिएर गएकी थिइन्। तर घर जाँदा प्रोफेसर भेटिएनन्। ट्युसनको बारेमा बुझ्न आएको उनीहरुले बताए। घरमा उनका श्रीमती र दुई स-साना छोरीहरु भेटिए। उनी त विवाहित पो रहेछन्। शारीरिक सम्बन्ध राख्न मात्रै पो उनले ज्योतिसँग प्रेमको नाटक गरेका रहेछन्।

साथीको सल्लाह बमोजिम ज्योति प्रोफेसरको घरमा गइन्। ट्युसनको बारेमा बुझ्न आएको उनीहरुले बताए। घरमा उनका श्रीमती र दुई स-साना छोरीहरु भेटिए। उनी त विवाहित पो रहेछन्। शारीरिक सम्बन्ध राख्न मात्रै ज्योतिसँग प्रेमको नाटक गरेका रहेछन्।

यस्ता घटना समाजमा सयौंको संख्यामा छन्। झुठ बोलेर कसैलाई आफ्नो वशंमा राख्नु अपराध हो। प्रेमको नाममा शोषण गर्नु अपराध हो। यस्तै सम्बन्धका कारण धोका पाएका कतिले त चुपचाप आत्महत्यासम्म गरेका छन्। यस्तो सम्बन्ध प्रायः गुपचुप राखिने हुनाले यकिन तथ्याङ नभए पनि धेरै मानिस विवाहेत्तर सम्बन्धका कारण पीडामा भएको सरोकारवाला बताउँछन्।

महिला, बालबालिका तथा अपाङ्गता भएकाहरुका लागि लामो समयदेखि काम गर्दै आएको संस्था कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल प्रेम गर्नुअघि पार्टनरको पारिवारिक अवस्था बुझ्नुपर्ने अवस्था आएको बताउँछिन्।

माघ महिनाको पहिलो हप्ता मात्रै चारजना महिला विवाहित पुरुषले ढाँटेरसम्बन्ध बनाएको भन्दै न्याय माग्न आएको सिलवालले खबरहबलाई बताइन्।

उनी भन्छिन्, ‘विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध बनाउँदै आइरहेको तर पछि उक्त व्यक्ति विवाहित थाहा पाएपछि आफू अन्यायमा परेँ भन्दै महिलाहरु आउने गरेका छन्।’

विवाहेत्तरसम्बन्धका बारेमा कुनै कानुनी प्रावधान छैन। प्रेममा धोका खाएको विषय कानुनले जान्दैन। यसको मारमा युवती पर्ने गरेका छन् । 

विवाहेत्तरसम्बन्धका बारेमा कुनै कानुनी प्रावधान छैन। प्रेममा धोका खाएको विषय कानुनले जान्दैन। यसैको फाइदा उठाएर केही अपराधिक मानसिकता भएका मानिसहरुले प्रेमका नाममा शोषण गर्दै आएको उनी बताउँछिन्।

हाम्रो सामाजिक संरचनामा पुरुष विवाहित वा अविवाहित भनेर चिन्न सकिने कुनै आधार छैन। अपराधिक मानसिकता बोकेका केही पुरुषले आफ्नो वैवाहिक सम्बन्ध लुकाएर त्यस्तो सम्बन्ध बनाएको पाइन्छ। ‘आगामी दिनमा कुनै पनि किशोरी तथा महिलाले पुरुषको घरबार अथवा अवस्था नबुझिकन सम्पर्कमा नआउन उनको सल्लाह छ।

विवाहेत्तर सम्बन्धको असर सन्तानमाथि पर्छ : समाजशास्त्री
समाजशास्त्री सविता प्रसाईं विवाहेत्तर सम्बन्धको मुख्य असर सन्तानमाथि पर्ने बताउँछिन्। उनी भन्छिन्, ‘अनैतिक सम्बन्ध बनाउँदै हिँड्ने अभिभावकबाट बच्चाहरुले के सिक्छन् ?’ उनीहरुले आफ्नो अभिभावकलाई आर्दश तथा हिरो नै मान्छन्। हिरोले गल्ती गर्दैन भन्ने उनीहरुले धारणा बनाएका हुन्छन्। त्यो धारणमाथि घात हुँदा बच्चालाई कस्तो असर पर्छ ?’

‘शिक्षित भनिएकाहरुले पनि यस्तो सम्बन्ध राख्ने गरेका छन्। यसले मानिसको व्यक्तित्व, परिवार र सामाजिक जीवन सम्पूर्ण रुपमा नष्ट गर्छ।’

त्यसमाथि यस सम्बन्धले श्रीमान्-श्रीमतीको सम्बन्धलाई टुटाउने र त्यसल बच्चाहरु अभिभावकको गल्तीको मारमा पर्ने उनको भनाइ छ। सविता भन्छिन्, ‘शिक्षित भनिएकाहरुले पनि यस्तो सम्बन्ध राख्ने गरेका छन्। यसले मानिसको व्यक्तित्व, परिवार र सामाजिक जीवन सम्पूर्ण रुपमा नष्ट गर्छ।’

यस्तो अनैतिक सम्बन्ध बढ्दै जानुको मुख्य कारण सामाजिक सञ्जालको प्रयोग पनि एक रहेको सविताको बुझाइ छ । ‘प्रविधिले सकारात्मक र नकारात्मक दुबै ल्याएको छ। तर, हामीले नकारात्मक कुरालाई अपनायौं,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल, जस्तै फेसबुक, टुइटर नहुँदा यस्ता सम्बन्धका बारेमा बिरलै सुनिन्थ्यो। सञ्जालको प्रयोग बढेसँगै विवाहेत्तर सम्बन्ध पनि बढ्दै गएको छ।’
प्रसाईंले खबरहबसँग भनिन्, ‘पहिले-पहिले पुरुषहरुले मात्रै यस्तो सम्बन्ध राख्थे। अहिले महिलाहरु पनि को भन्दा के कम भनेजस्तो भएर विवाहेत्तर सम्बन्धमा रमाइरहेका छन्। यो केही क्षणको रमाइलोले मान्छेको परिवार नै नष्ट हुन्छ।’

हाम्रो समाजले विवाहलाई महत्त्वपूर्ण मानेको छ। विवाह एक पुरुष र एक नारीको मात्रै सम्बन्ध नभएर दुई परिवारको मिलन पनि हो। तर, विवाहेत्तर सम्बन्धले पूरै पारिवारिक संरचना नै ध्वस्त पार्ने गरेको उनको बुझाइ छ।

पश्चिमा देशहरुले पनि विवाहेत्तर सम्बन्धलाई स्वीकार नगरेको बताउँदै सविता भन्छिन्, ‘पार्टनरसँग चित्त नबुझे उनीहरु सम्बन्ध विच्छेद गरेर बस्छन्। तर एकजनासँग रहँदा रहँदै अर्कोसँग पनि सम्बन्ध बनाउने कुरा स्वीकार्य हुँदैन। समाजले वा पार्टनरले स्वीकार नगरेको कार्य गरेमा त्यसले विकराल समस्या निम्त्याउँछ।’

हाम्रो समाजले विवाहलाई महत्त्वपूर्ण मानेको छ। विवाह एक पुरुष र एक नारीको मात्रै सम्बन्ध नभएर दुई परिवारको मिलन पनि हो। तर, विवाहेत्तर सम्बन्धले पूरै पारिवारिक संरचना नै ध्वस्त पार्ने गरेको छ।

उनी थप्छिन्, ‘यसको अर्को मनोविज्ञान भनेको पार्टनरसँग सन्तुष्ट नहुनु हो। पहिले जे-जस्तो अवस्थामा पनि सँगै बस्ने, एकअर्काको अस्तित्व स्वीकार गर्ने चलन थियो, अहिले मन नपरे अर्को साथी खोज्ने वा विकल्पमा जाने गर्छन्।’

श्रीमान वा श्रीमती मन नपरेको अवस्थामा छुट्टिएर बस्ने कानुनको प्रयोग गर्नुपर्ने उनको राय छ। उनी भन्छिन्, ‘घर बाहिरको सम्बन्ध लुकाएर कति दिन बस्न सकिन्छ ? लुकाउन गाह्रो छ। त्यसले दिने मानसिक तनाव तथा डरले मानिसलाई मानसिक रोगी बनाउँछ।’
विवाहेत्तर सम्बन्ध व्यक्तिकै लापवाहीका कारण हुने गरेको प्रसाईँको बुझाइ छ। यसको न्यूनीकरणका लागि सबैभन्दा पहिले व्यक्ति नै सचेत हुनुपर्ने उनी बताउँछिन्। साथै, विवाहेत्तर सम्बन्धलाई रोक्ने स्पष्ट कानुन बन्नुपर्ने उनले बताइन्।

कानुनको काम व्यक्तिभित्र प्रवेश गर्ने होइन : वरिष्ठ अधिवक्ता
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कानुन व्यक्तिको कार्यमा प्रवेश नगर्ने बताउँछन्। विवाहेत्तर सम्बन्ध नितान्त व्यक्तिगत हुने भएकाले हालसम्म नेपालमा विवाहेत्तर सम्बन्धका बारेमा कुनै कानुनी प्रावधान नभएको उनी बताउँछन्। उनी भन्छन्, ‘तर त्यसको आधारमा सम्बन्ध विच्छेद भने हुनसक्छ।’

‘दुई वयस्कको सहमतिमा सम्बन्ध हुनसक्छ। कानुनको काम हरेक व्यक्तिको कार्य प्रवेश गर्ने होइन। यो कानुनी प्रश्न भन्दा पनि नैतिक प्रश्न हो,’ उनले भने। त्रिपाठीका अनुसार भारतमा कुनै श्रीमान् वा श्रीमतीले अरुसँग सम्बन्ध राख्यो भने त्यसलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था थियो। तर हाल अदालतले उक्त कानुन बदर गरेको छ।

अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘दुई वयस्कको सहमतिमा सम्बन्ध हुनसक्छ। कानुनको काम हरेक व्यक्तिको कार्य प्रवेश गर्ने होइन। यो कानुनी प्रश्न भन्दा पनि नैतिक प्रश्न हो ।’

उनी भन्छन्, ‘हरेक व्यक्तिको आफ्नो अधिकार छ। मन परेन भने एक अर्कोले डिभोर्स फाइल गर्न सक्छन्। त्यो ग्राउण्डमा डिभोर्स हुन्छ। तर त्यही कारणले कैद गर्न पाइने नियम छैन।’

नेपालमा पनि परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेकै भरमा कैद हुने कानुन नभएको बताउँदै त्रिपाठी भन्छन्, ‘विवाहै गरेको हो भने बहुविवाहको मुद्दा लाग्छ।’

तर, यस्तो सम्बन्धले घरेलु हिंसा अत्यधिक बढेको त्रिपाठी बताउँछन्। उनी भन्छन्, ‘विवाहेत्तर सम्बन्धकै कारणले एकले अर्कालाई हत्या गरेको समाचार आइरहन्छ। कानुनले यसलाई नैतिक समस्या माने पनि यसबाट उत्पन्न अपराध सामान्य छैन।’

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ३३ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

आज यी स्थानमा हुनेछ ठूलो वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कपको अभ्यासमा महिला क्रिकेट टिम : पहिलो प्रतिस्पर्धा यूएईसँग

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

काठमाडौँ– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्