लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई « Khabarhub

लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई

‘सामरिक सुरक्षा र सार्वभौमसत्ताको गाँठो फुकाउनुपर्छ’


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त भइरहेको टिप्पणी गरेका छन् । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अंग्रेजी दैनिक ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

सभापति लामिछानेको लेखले नेपाल र भारत दुवैतर्फ तरंग ल्याएको उल्लेख गर्दै डा. भट्टराईले नेपाल-भारत सम्बन्धमा बाहिर नदेखिने तर भित्रभित्रै बल्झिरहने सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको गम्भीर पाटो रहेको औंल्याएका छन् ।

भट्टराईले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता/संस्कृतिका कुरा गरुन्जेल दुवै देशमा प्रशंसा हुने गरेको स्मरण गरे । आफ्नो प्रधानमन्त्रीत्व कालमा तत्कालीन पार्टीभित्रकै विरोधका बाबजुद बिप्पा सम्झौता गर्दा विकासको ओइरो लाग्ने अपेक्षासहित दुवैतर्फ खुसी छाएको प्रसंग उनले जोडेका छन् ।

तर, कूटनीतिको त्यो बाहिरी पाटो मात्रै भएको उल्लेख गर्दै उनले लेखेका छन्, “अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुवै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ, त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बोल्दैनौं तर खाष्टोमुनि मुड्की बजारीरहन्छौं ।”

पूर्वप्रधानमन्त्री भट्टराईले भारतीयको दिलदिमागमा अंग्रेजी शासनकालदेखि नै ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच जमेर बसेको र सीमा विवाद त्यसैको अभिव्यक्ति भएको दाबी गरेका छन् । अर्कोतर्फ, नेपालीहरूमा राष्ट्रिय सार्वभौमसत्ताको विषयलाई लिएर ‘सिक्किमीकरण’को त्रास सधैं गहिरिएर बसेको उनको विश्लेषण छ ।

यही मनोवैज्ञानिक असमझदारी र कूटनीतिक गाँठो फुकाउनका लागि आफू प्रधानमन्त्री हुँदा आन्तरिक र बाह्य तयारी गरेर प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को अवधारणा अघि सारेको डा. भट्टराईले स्पष्ट पारेका छन् । तर, पछि गठित ईपीजीको प्रतिवेदन अहिलेसम्म ‘मृत्युशैय्यामा छट्पटाइरहेको’ भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

सभापति लामिछानेको जारी दिल्ली भ्रमण कूटनीतिको यो दुष्चक्र तोड्न सफल होस् भनी कामना गर्दै भट्टराईले वर्तमान समयमा काठमाडौँ र दिल्ली दुवैतर्फ सुनिएका ‘गड्याङगुडुङ’का आवाज भने प्रिय नरहेको संकेत गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ७ : २३ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने