केन्याको अन्तराष्ट्रिय बिनानस्थल नजिकै बिष्फोट, १६५ भन्दा बढी घाइते « Khabarhub

केन्याको अन्तराष्ट्रिय बिनानस्थल नजिकै बिष्फोट, १६५ भन्दा बढी घाइते


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

नैरवी केन्यामा ग्याँस स्टेसनमा बिष्फोट हुँदा १६५ जना भन्दा बढी घाइते भएका छन । सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन्।

मवाउराले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेशनमा  आगलागी भएको बताए।

तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन्।

‘कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासि आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र अस्पताल लगिएको छ,’ मवाराले भने । तर, अहिलेसम्म कुनै हताहतिको पुष्टि भइ नसकेको स्थानीय मिडियाले जनाएका छन ।

‘कम्पनीको होस्टेलको भवन नराम्ररी क्षतिग्रस्त भएको छ । यस क्षेत्रमा फायर इन्जिनहरू तैनाथ गरिएको लगायत उद्धार कार्यहरू भइरहेकाले जनतालाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइन्छ,’ प्रवक्ताले भनेका छन ।

नैरोबीका प्रहरी प्रमुख एडमसन बुन्गेईले पनि ग्यास भर्ने ठाउँमा विस्फोट भएको पुष्टि गरेका छन् ।

घटनास्थलमा पुगेका आकस्मिक सेवा प्रदायकहरूले घाइतेहरूलाई तत्काल केन्याटा नेसनल अस्पताल, मामा लुसी अस्पताल र कोमारोक मेडिकल सेन्टरमा उपचारका लागि पुर्‍याएका छन ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ५२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड