बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार « Khabarhub

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ । यस अवधिमा कर तिर्नु भएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ ।’ काफ्लेले भने, ‘यसमा आपतकालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकी सरह असुल गर्नेसम्मका व्यवस्था छन् ।’

पत्राचार गरिएका क्लब, दोहोरी तथा बारहरु

जे. पी. रोडको रिफ्रेस डान्सबार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आर. के. डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनि वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लव, बेबो डान्स बार, टाकिला डान्स बार, क्वीनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिड नाईट डान्स बार, ज्याठाको चाहाना डान्स बार, अमृत मार्गको ड्रागन डान्स बार छन् ।

यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, कराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ् याक बार, वियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बार छन् ।

गल्कोपाखाका गुन्यू चोली दोहोरी, अल्फबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार, एच ट्वान्टी बार क्लब छन् ।

यी मनोरञ्जन स्थलमा प्रवेश गर्ने प्रति टिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्छ । राजस्व अधिकृत सोना शर्माका अनुसार टिकट नलाग्ने ठाउँमा कसरी कर लिने भनेर प्रदेश सरकारलाई सोधिएको छ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ३४ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा