चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन « Khabarhub

चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।

यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण छन् । विशेषगरी नगरपालिका तथा वडा कार्यालयको पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर नगरपालिकाले चन्द्रागिरि–१ दहचोकस्थित इन्द्रज्योति आधारभूत विद्यालय परिसरमा पहिलोपटक शिविरको आयोजना गरेको हो ।

नगरपालिकाले आफ्ना अन्य १५ वडामा यस्ता शिविर आयोजना गर्ने जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ दहचोककी कान्छी तामाङलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी एकीकृत घुम्ती शिविरको शुभारम्भ गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्ना सेवालाई अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

उनले नगरको भौतिक पूर्वाधार विकासमा साथसाथै सामाजिक विकासमा प्राथमिकताका साथ विभिन्न काम गरिरहेको बताए । उपप्रमुख वसन्ती श्रेष्ठले सेवाग्राहीलाई नगरपालिकाद्वारा प्रदान गरिने सेवा लिन नगरपालिका तथा वडा कार्यालयसम्म आइपुग्न नपर्ने अवस्थालाई क्रमशः घटाउँदै लाने ध्येयले एकीकृत घुम्ती शिविर कार्यक्रम राखिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, “एकीकृत घुम्ती शिविरले नगरवासीलाई घरदैलोमा नै सेवा प्राप्त गर्न सहजता हुन्छ । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा शिविरमा लिन नसकेता पनि स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवा लिन सकिन्छ । यसले समुदायमा स्थानीय सरकारकोप्रतिको अपनत्व झन बढेर जान्छ ।”

उनले नगरपालिकाले आफ्नो सेवालाई अझ चुस्त बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिए । चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम थापामगरले वडा तहबाट बालविवाह अन्त्य गर्न चुनौती रहेको बताए । एकीकृत घुम्ती शिविर कार्यक्रम संयोजक एवं योजना अधिकृत महेशप्रसाद पाठकले एकीकृत घुम्ती शिविरमा नगरवासीले आधारभूत सेवा प्राप्त गर्न सहज हुने बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : १२ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका