नेपालले गुमायो पहिलो विकेट « Khabarhub

नेपालले गुमायो पहिलो विकेट


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फेन्टाइनमा जारी खेलमा नेपालले अहिले भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन जोडेपछि नेपालले २ सय ९८ रनको लक्ष्य पाएको हो ।

खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहोरा २२ रन बनाएर आउट भएका छन् । खेलको १३ ओभर २ बलमा बोहोरालाई भारतका राज लिम्बानीले आउट गरेका हुन् ।

४२ बलको सामना गरेका बोहोराले तीन चौका प्रहार गरे । यसअघि मौसम खराब भएसँगै दोस्रो इनिङ केही ढिला गरी सुरु भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ३८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले