सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं « Khabarhub

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली भाषण र औपचारिकताबाट नभई सरकारका काम र व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले जेन-जी नरसंहारका अभियुक्तहरू पक्राउ परेर छुटिसकेको र अहिलेसम्म उनीहरूमाथि मुद्दा नचलाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले जेन-जी आन्दोलनको जगमा बनेको सरकार भए पनि आन्दोलनमा सहभागी भएकै आधारमा सयौँ युवा जेलमा रहेको दाबी गरे ।

उनले जेन-जी परिषद्को गठन तथा दश बुँदे सम्झौताको कार्यान्वयनमा समेत प्रगति नदेखिएको बताए । उनले भने, ‘सरकार सुशासनको स्पिडमा दौडिन खोज्छ, के नमिलेर हो अदालतले झ्याप झ्याप ब्रेक लगाइदिन्छ ।’ 

प्रसाईंले अहिले भाषण गर्नेभन्दा सरकारका अहिलेसम्मका काम र कर्मको हिसाबकिताब बुझाउने समय भएको बताए।

‘सत्य तितो हुन्छ सभामुख महोदय, तर पचाउन सक्नुपर्छ। यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने जसका विरुद्ध जेन-जी आन्दोलन भएको थियो, इतिहासले तिनीहरूलाई भन्दा बढी तपाईँ र मलाई धिक्कार्नेछ,’ उनले भने ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  २ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म