सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं « Khabarhub

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली भाषण र औपचारिकताबाट नभई सरकारका काम र व्यवहारबाट पुष्टि हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले जेन-जी नरसंहारका अभियुक्तहरू पक्राउ परेर छुटिसकेको र अहिलेसम्म उनीहरूमाथि मुद्दा नचलाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले जेन-जी आन्दोलनको जगमा बनेको सरकार भए पनि आन्दोलनमा सहभागी भएकै आधारमा सयौँ युवा जेलमा रहेको दाबी गरे ।

उनले जेन-जी परिषद्को गठन तथा दश बुँदे सम्झौताको कार्यान्वयनमा समेत प्रगति नदेखिएको बताए । उनले भने, ‘सरकार सुशासनको स्पिडमा दौडिन खोज्छ, के नमिलेर हो अदालतले झ्याप झ्याप ब्रेक लगाइदिन्छ ।’ 

प्रसाईंले अहिले भाषण गर्नेभन्दा सरकारका अहिलेसम्मका काम र कर्मको हिसाबकिताब बुझाउने समय भएको बताए।

‘सत्य तितो हुन्छ सभामुख महोदय, तर पचाउन सक्नुपर्छ। यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने जसका विरुद्ध जेन-जी आन्दोलन भएको थियो, इतिहासले तिनीहरूलाई भन्दा बढी तपाईँ र मलाई धिक्कार्नेछ,’ उनले भने ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु