आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १९ गते शनिबार तदनुसार सन् २०२४ मार्च २ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । आफन्त र साथीभाइले सहयोग गर्नेछन् । लगानी गरेको क्षेत्रबाट उत्साह मिल्नेछ । साथीको हुटहुटीमा लागेमा खर्च बढ्ने जोखिम हुन्छ । नयाँनयाँ कुराको ज्ञान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दैनिकी राम्रो छ । स्वास्थ्यमा लाभ हुनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुने योग छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले लगानी गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ ।

मिथुन : दिन राम्रो छ । आफ्नो महत्त्व बुझ्नुपर्ने दिन हो । बोल्दा ख्याल गर्नुपर्नेछ । बोली व्यवहारिक बनाउनुपर्ने देखिन्छ । संघर्ष वा परिश्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । हरेक क्षेत्रमा विवाद हुनसक्ने जोखिम छ । शिक्षामा भने सफलता मिल्नेछ । वैदेशिक रोजगारी र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्ध टिकाउन मेहनत आवश्यक छ ।

सिंह : दैनिकी राम्रो छ । योजना सार्वजनिक नगरी कार्यान्वयन गर्नु फाइदाजनक हुनेछ । गोप्य ढंगले सम्पन्न गरेका काम सफल बन्नेछन् । परिवारको साथ मिल्नेछ । सामाजिक क्षेत्रमा सहयोगी साथीहरु भेटिने छन् ।

कन्या : दिन राम्रो छ । आजको दिन उत्साहका साथ बित्नेछ । साथी र आफन्त सकारात्मक छन् । योजना बनाएको भए ठुलो कामको सुरुवात गर्ने दिन हो । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : समय राम्रो छ । समाजसेवामा मन जानेछ । शिक्षा र राजनीतिक क्षेत्रमा फाइदा हुनेछ । समाजले सम्मान गर्ने योग छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

वृश्चिक : दैनिकी राम्रो छ । बोलीको प्रभावले धेरै काम बन्नेछन् । साथीसँगको सम्बन्ध सुमधुर बन्नेछ । थोरै बालेर धेरै काम गर्नुपर्ने समय हो । परिवारसँगको सम्बन्धमा भने खटपटी आउने देखिन्छ । घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ ।

धनु : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । साथीहरु सकारात्मक हुनेछन् । लगानीका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

मकर : दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । व्यवहार गर्दा ठुलो आँट नगर्नु राम्रो हुनेछ । लगानी नगर्नु राम्रो हुन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । दाजुभाइबाट सहयोग मिल्नेछ । गुमेको सम्पत्ति भेटिने छ । बोल्न नजान्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । महत्त्वपूर्ण कुरा वा विषयमा बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो हुन्छ ।

मीन : दैनिकी सामान्य छ । सञ्चित धनको खर्च हुनेछ । साथीभाइले एक्लो बनाउनसक्ने जोखिम देखिन्छ । आफ्नो आवास क्षेत्रमा विवाद हुनसक्छ । वर र पिपलमा पानी लगाएमा दिन सकारात्मक बन्नेछ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ६ : ०७ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र