फाइल फोटो

समाचार

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ : महासचिव गुरुङ

By खबरहब

March 02, 2024

दमौली– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताएका छन् ।

 जनयुद्ध अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘अमरगाथा’ पुस्तक विमोचन एवं सहिद सम्मान कार्यक्रममा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान  सरकारले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखेर काम गरिरहेको बताए। 

प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको बाटोमा अग्रसर भएकाले वर्तमान सरकारलाई सहयोग गर्नु सबै राजनीतिक दलको दायित्व भएको महासचिव गुरुङले बताए।

सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो ।

महासचिव गुरुङले प्रतिष्ठानकी अध्यक्ष आशा कोइरालाले लेखेको ‘अमरगाथा’ पुस्तक विमोचन गरे । सोही अवसरमा जिल्लाका सहिद तथा बेपत्ता परिवारका सदस्यलाई गुरुङले सम्मान गरे।