रविको सांसद पद निम्बनको पत्र राजनीतिक पूर्वाग्रहबाट प्रेरित : रास्वपा नेता « Khabarhub

रविको सांसद पद निम्बनको पत्र राजनीतिक पूर्वाग्रहबाट प्रेरित : रास्वपा नेता


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनका लागि पत्र पठाइएको बताएको छ ।

लामिछानेको सांसद पद निलम्बनका लागि सङ्घीय संसद् सचिवालय पत्र पुगेपछि रास्वपा नेता दीपक बोहराले सामाजिक सञ्जालमार्फत कानुनको गलत व्याख्या गर्दै रविलाई सांसदबाट निलम्बन गर्न लागिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रानीतिक पूर्वाग्रहबाट प्रेरित भएर सांसद निलम्बन गर्न खोजिएको स्पष्ट देखियो ।’ उनले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को गलत व्याख्या गरिएको पनि दाबी गरेका छन् । उनले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ ले पद निलम्बन हुनेमा जनप्रतिनिधि नभइ राष्ट्रसेवक भनेको बोहराले उल्लेख गरेका छन् ।

यस्तै प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को दफा २४८ (३) अनुसार सांसद पद निलम्बन हुन पुर्पक्षका लागि थुनामा बस्नैपर्ने उनको दाबी छ । अहिले रवि लामिछाने न्यायिक हिरासतमा मात्र रहेको भन्दै रविलाई सांसदबाट निलम्बन गर्न नमिल्ने उनको तर्क छ ।

बोहराले सामाजिक सञ्जालमा लेखेका छन् ।‘विगतमा नेपालका विभिन्न मुद्दाहरूमा न्यायालयले राष्ट्रसेवकको परिभाषा कार्यकारी शाखासम्म सीमित रहने भनेर व्याख्या गरेको छ । सांसदहरूको जिम्मेवारी विधायिकासम्बन्धी हुने भएकाले उनीहरू कार्यकारी भूमिकामा रहेजस्तो व्यवहार गर्न वा राष्ट्रसेवक मान्न सकिँदैन । अहिले रवि लामिछाने न्यायिक हिरासतमा मात्र छन् । पुर्पक्ष थुनामा नभएकोले निलम्बन गर्न मिल्दैन ।’

याे पनि…

रविलाई निलम्बनको पत्र संसद्‍मा

यस्ताे छ बाेहराकाे फेसबुक स्टाटस

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : ४९ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४