आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ : महासचिव गुरुङ « Khabarhub

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ : महासचिव गुरुङ


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताएका छन् ।

 जनयुद्ध अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘अमरगाथा’ पुस्तक विमोचन एवं सहिद सम्मान कार्यक्रममा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान  सरकारले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखेर काम गरिरहेको बताए। 

प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको बाटोमा अग्रसर भएकाले वर्तमान सरकारलाई सहयोग गर्नु सबै राजनीतिक दलको दायित्व भएको महासचिव गुरुङले बताए।

सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो ।

महासचिव गुरुङले प्रतिष्ठानकी अध्यक्ष आशा कोइरालाले लेखेको ‘अमरगाथा’ पुस्तक विमोचन गरे । सोही अवसरमा जिल्लाका सहिद तथा बेपत्ता परिवारका सदस्यलाई गुरुङले सम्मान गरे।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : २३ बजे

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा

त्रिशूली र लाङटाङका टनेलमा ‘ब्लास्टिङ’ : ९३ जनाको टोलीसहित एक्साभेटर परिचालन

काठमाडौँ – नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद्

अस्मिताले पाइन् घरमै नागरिकता

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

भद्रपुर– उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका