बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा « Khabarhub

बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। 

ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै भने, ‘हामीले अझै धेरै राहत सामग्री पुर्‍याउने काम गर्न आवश्यक छ र संयुक्त राज्य अमेरिकाले यसमा अग्रसरता लिनेछ ।’

‘आगामी दिनमा हामी जोर्डनमा रहेका हाम्रा साथीहरू र अन्य सहयोगीसँग मिलेर हवाई मार्गबाट थप खाद्यान्न र आपूर्तिको व्यवस्थापन गर्नेछौं,’ बाइडेनले भने। 

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा मानवीय संकट उत्पन्न भएको र इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी रहेका बेला यो घोषणा गरिएको हो ।

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन् । उनले प्रमुख अमेरिकी सहयोगीको लागि सैन्य सहायता कायम राखेका छन् । 

उनले  मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा छ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने आशा व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी दिएको उत्तरी गाजामा सहायता लिएर गएका गाडीको वरपर पुगेका दर्जनौँ निराश प्यालेस्टिनीको मृत्यु भएको बिहीबारको घटनापछि युद्धविराम वार्ता जटिल बनेको छ ।

एक इजरायली स्रोतले भीडमाथि सेनाले गोली चलाएको स्वीकारेको छ र यसले ‘खतरा उत्पन्न गरेको’ बताएको गरेको छ ।

निर्दोष मानिसहरू भयानक युद्धमा फसेका आफ्नो परिवारको पेट पाल्न नसकिरहेका र सहायताका लागि भेला भएका प्यालेष्टिनीको ज्यानसम्म जाने स्थिति दुःखद भएको बाइडेनले बताए। 

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप सहायता ट्रकहरू भित्राउन ‘जोड’ दिने र गाजामा ठूलो मात्रामा सहायता पुर्‍याउन सम्भावित ‘समुद्री करिडोर’ को बारेमा पनि विचार गर्ने बताए। 

बाइडेनले केही समयदेखि हवाई मार्गबाट सहायता पुर्‍याउनेबारे योजना बनाइरहेको तर बिहीबारको घटनाले राष्ट्रपतिलाई सहायता प्राप्त गर्ने अन्य उपायको खोजी गर्नुपर्ने आवश्यकताबारे  थप चिन्तित बनाएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए। 

तर यो एक ‘कठिन सैन्य अभियान’ पनि हो जसमा गाजाका नागरिक र अमेरिकी सैन्य अधिकारीको सुरक्षाको लागि पेन्टागनले सावधानीपूर्वक योजना बनाउनु आवश्यक छ ।

संयुक्त राज्य अमेरिकाले पनि आफ्ना कर्मचारीहरूको लागि जोखिम व्यवस्थापन गर्नुपर्‍यो।

किर्बीले गाजामा बढ्दो मानवीय विपत्तिका बावजुद वासिङ्टनले इजरायललाई दिँदै आएको सैन्य सहयोग नरोक्ने बताए। 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ४३ बजे

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ