त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा « Khabarhub

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ ।

जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए । 

त्यसअघि किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी  टिम भान डेर गुग्टेनले २४ रन जोडदा  रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुईरदुई विकेट लिए । तेस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 

यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ ।

नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको थियो । भोलि नेदरल्यान्ड्सनमिवियाबीच खेल हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ११ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको