खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती « Khabarhub

खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बेदकोट मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो । 

भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार-चार, साङ्ग्ली र दिल्लीबाट तीन-तीन, पञ्जाव र पिथौरागढबाट दुई-दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिए। 

उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ ।

माइती नेपालले नाका निगरानीका साथै उद्धार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको उनले जानकारी दिए। एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका एक सय १८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

माइती नेपालले बेचबिखनमा परेका अथवा त्यसको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरेर मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै पारिवारिक पुनर्मिलन गराउने गरेको छ । 

माइती नेपालले एक वर्षको अवधिमा एक सय ५२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरेको छ । एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । माइती नेपालमा एक वर्षको अवधिमा खोजतलासका लागि एक सय ७१ निवेदन दर्ता भएका थिए । सोमध्ये ४९ जना भेटिएका छन् । 

घरेलु हिंसाका ३२ निवेदन दर्ता भएकामा तीमध्ये १९ निवेदनउपर कारबाही भएको माइती नेपालका संयोजक भट्टले बताए । माइती नेपालले एक वर्षको अवधिमा मानव बेचबिखनविरुद्ध तीन मुद्दा प्रहरीमा दर्ता गराएको छ । मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : ३० बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको