आजका समाचार : लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधनदेखि नेपालसंग नेदरल्याण्ड्स पराजितसम्म | Khabarhub Khabarhub

आजका समाचार : लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधनदेखि नेपालसंग नेदरल्याण्ड्स पराजितसम्म


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा गठबन्धन पाँच वर्षसम्म टिक्छ स् परराष्ट्रमन्त्री रौतहटबाट अवैध हतियार बरामद संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा नेपालले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्नलगायत रहनेछन् ।

प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्यश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन् । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ ।

संस्कारसहितको व्यावहारिक शिक्षा आवश्यक : प्रधानमन्त्री

क्रान्तिको नेतृत्व गर्नेले नै शान्तिको महत्त्व बुझ्छ : प्रधानमन्त्री

प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सेतु : प्रधानमन्त्री

सरकार समाजवादको आधार तयार गर्न क्रियाशील छ : प्रधानमन्त्री

बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ : प्रधानमन्त्री

कांग्रेसद्वारा चितवन घटनाको अनुसन्धानको माग

गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्।

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रूपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औँल्याए ।


‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ’, मन्त्री साउदले भने, ‘प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।’

युवा पलायन हुँदा देश वृद्धाश्रम बन्ने खतरा

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुन्छ

सरकारी जग्गा हडप्नेलाई कुनै हालतमा छोडिदैन

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ : महासचिव गुरुङ

‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद क्षेत्रमा विकास भएको छ’

डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती
मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो ।

भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार-चार, साङ्ग्ली र दिल्लीबाट तीन(तीन, पञ्जाव र पिथौरागढबाट दुई(दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिए।


उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ ।

रौतहटबाट अवैध हतियार बरामद

खप्तड छेडेदहमा मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित

चुरेका ग्रामीण सडकको स्तरोन्नति

सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियानको तयारी पूरा

संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण

नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा
राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ ।

जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

नेदरल्यान्ड्सद्वारा नेपाललाई १२१ रनको लक्ष्य

साफ यू–१६ महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित

नेपालले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने

डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्न
कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को उच्चस्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनले ई–कमर्श र कृषि र मत्स्यपालनसम्बन्धी छलफललाई महत्व दिएपनि उपलब्धीमूलक हुन नसकेको सहभागी देशका प्रतिनिधिहरूले जनाएका छन् ।


अब धावीमा सम्पन्न १३ औं मन्त्रीस्तरीय सम्मेलनको परिणामले भूराजनीतिक तनाव र आर्थिक मन्दीका बीच सङ्गठनका १६४ सदस्यराष्ट्रहरूबीच तीव्र विभाजनलाई विश्वव्यापी व्यापारलाई जोखिम पारेका विषयहरूलाई उजागर गरेको छ ।

गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ

अफगानिस्तानमा भारी हिमपात, १५ जनाको मृत्यु

बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

जनवरीमा श्रीलङ्काको पर्यटन क्षेत्रको आम्दानी ४ वर्ष यताकै उच्च

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : ५९ बजे

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल

मेची भन्सारबाट भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर– मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा

शेखरको आशंका : प्रचण्ड विश्वासको मतमा गए कांग्रेस-एमाले सहमति संकटमा पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति

हिमाल सागर : पहिलोपटक स्टुडियो छिरे, गीत रेकर्ड नगरी निस्किए

काठमाडौं– गायक, गीतकार एवम्‌ कम्पोजर हिमाल सागर सांगीतिक यात्राको बीसौं