उचित अधिकार नपाएसम्म राष्ट्रिय सभा चल्न नदिने पीटीआईको चेतावनी « Khabarhub

उचित अधिकार नपाएसम्म राष्ट्रिय सभा चल्न नदिने पीटीआईको चेतावनी


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको सत्तारूढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रिय सभाका गतिविधि अघि बढ्न नदिने चेतावनी दिएको छ । पीटीआईका नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार दिइनुपर्ने अन्यथा राष्ट्रिय सभा चल्न नदिने चेतावनी दिएका हुन् ।

पूर्वप्रधानमन्त्री इमरान खान निकट स्वतन्त्र सांसद्हरूको समूह सुन्नी इत्तेहाद काउन्सिल (एसआइसी) का सदस्य तथा पीटीआईका नेता अकबरले संसद्को तल्लो सदनमा आफ्नो भाषणमा राष्ट्रिय सभालाई चल्न नदिने चेतावनी दिएका हुन् ।

अकबरले आफूहरूले राष्ट्रिय सभालाई मान्यता नदिएको बताउँदै कानुन बनाउने तथा अनुमति दिने कुनै पनि कार्य गर्न नदिइने उल्लेख गरे ।

इमरान खानद्वारा स्थापित पीटीआईले फेब्रुअरी ८ को आम चुनावको समयमा आफ्नो जनादेश चोरी भएको दाबी गर्दै उक्त चुनावलाई धाँधलीयुक्त चुनावको संज्ञा दिएको छ ।

निर्वाचन प्रयोजनका लागि बनेको कामचलाउ सरकारले चुनावको दौडानमा समान अवसर अस्वीकार गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ४० बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि