बागमती र सुदूरपश्चिममा मुख्यमन्त्री साटासाट कति सहज ? | Khabarhub Khabarhub

बागमती र सुदूरपश्चिममा मुख्यमन्त्री साटासाट कति सहज ?

शालिकरामलाई सघाएवापत सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री प्रचण्डसँग सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल । एमाले नेता रावल ३० दिनमै सत्ताच्युत बनेका थिए ।

काठमाडौं – फेरिएको सत्ता गठबन्धनमा सम्मानजनक सहभागिता खोज्दै आएको नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशमा विश्वासको मत दिन नसक्ने बताएपछि तरंग सिर्जना गर्‍ यो । अन्तत: बागमती र सुदूरपश्चिममा माओवादी र एकीकृत समाजवादीवीच उधारै भए पनि सत्ता साटासाट गरेपछि आइतबार बागमतीका मुख्यमन्त्रीले विश्वासको मत जुटाउन सफल भए ।

सात मध्ये एक प्रदेशमा मुख्यमन्त्री मागेको एकीकृत समाजवादीका कारण शनिबार बसेको गठबन्धन बैठक निष्कर्षविहीन हुन पुगेको थियो । तत्काल एकीकृत समाजवादीलाई प्रदेशको मुख्यमन्त्री दिन नसक्ने बताउँदै आएका नेकपा एमाले र माओवादी केन्द्र आइतबार बिहानसम्म आइपुग्दा भने फेरिए ।

आइतबार दिउँसो १ बजे बोलाइएको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तय भएको थियो । तर, एकीकृत समाजवादी बिहानसम्म आफ्नो भागमा स्पष्ट नभए सो प्रकृयामा सामेल नहुने निचोडमा थियो । अन्ततः आइतबार बिहान एमाले, माओवादी र एकीकृत समाजवादी छलफलमा बसे र भागबन्डा टुङ्ग्याए ।

तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएपछि बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादी तयार देखियो । सोही अनुसार बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पनि पाएका छन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने र बागमतीमा पनि यसपछि मुख्यमन्त्री एकीकृत समावादीले पाउने सहमति जुटेको बालुवाटार स्रोतको भनाइ छ ।

सुदूरमा समाजवादीलाई कति सहज ?

सुदूरपश्चिम सरकार हाल नेपाली कांग्रेसको नेतृत्वमा छ । माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी सातासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक जटिलता रहेको छ । अहिलेको अवस्थामा शाहको सरकारले विश्वासको मत पाउने देखिँदैन ।

सुदूरपश्चिमको सरकार बनाउन निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी भित्रको विवादले त्यहाँको अवस्था अहिले नै आँकलन गर्न सकिने अवस्था छैन । निर्णायक देखिएको नाउपाले मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ । गत सातामात्र नाउपाका शीर्ष नेतासँग भेट्दै प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री दिने वचन दिएको बताउँछ । सोही सहमतिका आधारमा अध्यक्ष रञ्जिता श्रेष्ठ संरक्षक रेशमलाल चौधरीप्रति आक्रामक देखिएको बताइन्छ ।

तर, सत्ता साझेदार एमाले भने सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिन नसकिने अडान राख्दै आएका छन् । गत साल आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढाल्न नाउपाले विश्वासको मत नदिएको भन्दै ओलीले नाउपालाई मुख्यमन्त्री नदिन प्रचण्डलाई दबाब दिएका छन् ।

सुदूरपश्चिमका  मुख्यमन्त्री कमल बहादुर शाह

गत वर्ष माघमा बनेको नयाँ समीकरणमा सुदूरमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री थिए । तर, प्रदेश सभाबाट विश्वासको मत लिँदा नाउपाले विपक्षमा मत दिएपछि रावल ३० दिनमै सत्ताच्यूत भएका थिए । उक्त घटनाले नाउपासँग ओली रुष्ट छन् । अहिले सुदूरपश्चिममा नेपाली का‌ंग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री छन् ।

५२ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ सांसद छन् । नेकपा एमालेका १० माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । नाउपासँग ७ सांसद रहेका छन् । सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एकजना र राप्रपाका १ जना सांसद छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ४३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः