काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने बताएकी छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सांसद सुनारको अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै यस विषयमा सम्बन्धित राजनीतिक दलले मात्र नभई संसदबाटै पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्ने बताएकी हुन् ।
सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ ।
उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिइन् ।
उनले शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई पनि छुट नहुने समेत बताइन् ।














प्रतिक्रिया