१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ « Khabarhub

१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  १५ वर्षअघि रामेछापका एक व्यवसायीको हत्या गरेको अभियोग लागेका माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् ।

खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए । फरार रहेका भनिएका खामलाई माओवादी नेताहरुले नै संरक्षण गर्दै आइरहेका थिए ।

रामेछाप घर भई काठमाडौँको कोटेश्वरमा बस्ने व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग खाम विरुद्ध छ ।

रामहरि श्रेष्ठ

०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।

रामहरिको हत्या हुँदा चितवनस्थित माओवादीको सेनाको तेस्रो डिभिजनका कमाण्डर रहेका कालीबहादुर खाम उर्फ विविधले प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटबाट उनको निधन भएको स्वीकार गरेका थिए ।

हेर्नुहोस् खामले १५ वर्ष पहिले जारी गरेको विज्ञप्ति-

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमै सम्पर्क कार्यालय खोलेको थियो । सो कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्की लगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। उनीहरुमध्ये गंगाराम थापा कालीबहादुरका अंगरक्षक थिए ।

रामहरिको परिवारले १५ वर्षअघि देखि खामलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै आए पनि सरकारले उनलाई समाउन सकेको थिएन । बरु माओवादी नेताहरुले उनलाई जोगाउँदै आएका थिए । अहिले रवि लामिछाने गृहमन्त्री बनेपछि खामलाई पक्राउ परेका हुन् ।

श्रेष्ठ माओवादी निकटकै व्यापारी मानिन्थे । त्यही भएर माओवादीले उनकै घरमा कार्यालय राखेको थियो । उनी माओवादी नेताहरुसँग निकट रहेको कुरा उनले प्रचण्ड, रामबहादुर थापा बादल र बाबुराम भट्टराईलाई टेबलमा खाना ‘सर्भ’ गरिरहेको तस्बिरले पनि प्रष्ट पार्छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : १९ बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर