सहकारीमार्फत साढे ४ अर्ब पुँजी परिचालन | Khabarhub Khabarhub

सहकारीमार्फत साढे ४ अर्ब पुँजी परिचालन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराकासाथ ६७ औं राष्ट्रिय सहकारी दिवसलाई दोलखाका सहकारी संस्थाहरूले विभिन्न कार्यक्रम गरेर मनाएका छन्।

जिल्लामै सहकारीको केन्द्र मानिने वैतेश्वर गाउँपालिका भित्रका सहकारी संस्थाहरूले संयुक्त कार्यक्रमको आयोजना गरेर मनाएका छन्। वैतेश्वर गाउँपालिका जम्मा ७४ वटा सहकारी मध्ये ४२ वटा सहकारी मात्रै गाउँपालिकाको सम्पर्कमा रहेको पाइएको छ।

३२ वटा सहकारी अझै पालिकाको सम्पर्कमा नरहेको तथा गुमनामको अवस्थामा रहेको पाइएको छ् ।४२ वटा बचत तथा ऋण, कृषि र बहुउद्देश्यीय सहकारी रहेको पाइएको छ् । यस पालिकामा सहकारी मार्फत ४ अर्ब ५३ करोड ९० लाख पुँजी परिचालन रहेको वैतेश्वर गाउँपालिकाको सहकारी शाखाले जनाएको  छ।

करिब २७ हजार जनसंख्या रहेको वैतेश्वरमा सहकारीमा आबद्ध सदस्यको संख्या भने, १ लाख २७ हजार छ सय रहेको छ भने, शेयर पुँजी ४६ करोड ७५ लाख र निक्षेप संकलन ३ अर्ब २० करोड ६९ लाख रहेको वैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख मुक्ति प्रसाद दाहालले जानकारी दिए।

मंगलबार राष्ट्रिय सहकारी दिवसको अवसरमा सो तथ्यांक सार्वजनिक भएको हो। वैतेश्वर सहकारी सञ्जालले आयोजना गरेको उक्त कार्यक्रम गाउँपालिका भित्रका करिब तीन दर्जन बढी सहकारीले मैनापोखरी बजारमा र्याली सहित कोणसभा गरेर मनाएका दिवस मनाएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका लेखा संयोजक पुष्कर कुमार दाहाल, जिल्ला बचत संघ दोलखाका महासचिव तेन्जिङ शेर्पा लगायतले ६७औं राष्ट्रिय सहकारी दिवसलाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ०० बजे

कांग्रेसको असन्तुष्ट पक्षले भन्यो- विशेष महाधिवेशन सम्भव नभए फागुनअघि नै नियमित महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन

धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या

काठमाडौं- टिकटक हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं– शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

काठमाडौं– स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनः स्थापनामा योगदान पुर्‍याउने

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक