फाइल फोटो

समाचार

राजीनामा नदिने कर्णालीका मुख्यमन्त्री शर्माको अडान 

By खबरहब

April 02, 2024

सुर्खेत– कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।

केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ । 

मंगलबार दिनभर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।