तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ? « Khabarhub

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरको जावलाखेलमा भएको शो ५ सय बढीले हेरेका थिए ।

फिल्मका कलाकारहरु रेड कार्पेटमा हिँडिरहँदा अभिनेता दयाहाङ राई भने प्रिमियरमा अनुपस्थित रहे । उनी अघिल्लो फिल्म ‘डिग्री माइला’को कार्यक्रमका लागि विदेश यात्रामा रहेकाले प्रिमियरमा अनुपस्थित रहेको निर्माण पक्षले जनायो ।

निर्देशक सुब्बाले खबरहबसँग भने, ‘उहाँ हङकङ जानुभएको छ । कार्यक्रमकै लागि जानुपर्ने भएकाले प्रिमियरमा उपस्थित हुन भ्याउनुभएन ।’

प्रिमियरमा चलचित्रकर्मी, पत्रकार र विशेष अथितिहरुको बाक्लो उपस्थिति थियो । निर्देशकहरु निश्चल बस्नेत, प्रदीप भट्टराई लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, अभिनेताहरु कर्मा शाक्य, विजय बराल, अभिनेत्री सुरक्षा पन्तलगायत कार्यक्रममा उपस्थित थिए ।

प्रिमियरपछि फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । सुब्बाको यस फिल्मबाट दर्शक निराश बन्नु नपर्ने चलचित्रकर्मीहरुको प्रतिक्रिया छ ।

फिल्ममा अभिनेता प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगर केन्द्रीय भूमिकामा छन् ।

अभिनेता दयाहाङ मुख्य भूमिकामा छन् भने गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीक विशेष भूमिकामा देखिएका छन् ।

बड्डी फिल्मको ब्यानरमा बनेको ‘मनसरा’का निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : २८ बजे

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका