साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो  « Khabarhub

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको छ । आज भएको गिरावटसँगै नेप्से परिसूचक मनोवैज्ञानिक रेखा तल अर्थात् १९९८.९६ अंकमा पुगेको छ ।

बिहीबार ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । जसमा ७८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६१ कम्पनीको घट्यो । त्यस्तै आज भएको कारोबारमा ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

आज सबैभन्दा धेरै आइएमई लाइफको २८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भयो । त्यस्तै, पोखरा फाइनान्सको २१ करोड ७८ लाख र गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : ४१ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र