देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी « Khabarhub

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनीका सञ्चालकहरूले भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई दिइरहेको ब्यान्डविथ आपूर्ति रोकिदिएपछि समस्या भएको बताएका छन् ।

अहिले नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवामा समस्या देखिएको छ, केही स्थानमा इन्टरनेट पूरै ठप्प भएको छ। धेरै ग्राहक रहेका वर्ल्ड लिङ्क र सुविसुसहितका आईएसपीका ग्राहकहरूले इन्टनरनेट रोकिएपछि सामाजिक सञ्जालमा सोधीखोजी गरिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार भारतबाटै एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि समस्या आएको हो ।

नेपालका इन्टरनेट सेवाप्रदायकले भारत हुँदै एयरटेलले ८० प्रतिशतभन्दा धेरै एयरटेलबाट लिने गरेका छन् । अहिले नेपालमा सरकार आईएसपीहरूबीच करको वक्यौता रकमलाई लिएर विवाद जारी छ ।

त्यही विवादका कारण सरकारले ब्यान्डविथ आयातवापद भारतीय कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकमबारे निर्णय दिएको छैन । त्यहीकारण एयरटेलको भुक्तानी पनि रोकिएको छ । राजस्वको वक्यौता विवाद अहिले अदालतसम्म पुगेको छ । वक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एयरटेललाई भुक्तानी गर्न‍े प्रयोजनाका लागि विदेशी मुद्रा सिफारिस नगरिदिएपछि समस्या यहाँसम्म आइपुगेको हो ।

आईएसपीहरूले राजस्वको वक्यौता बुझाउन बाँकी नरहेको बताइरहँदा सरकारले पनि आफ्नो अडान छाडेको छैन । यसअघि नै आईएसपीहरूले इन्टरनेट अवरुद्ध हुने चेतावनी दिइसकेका थिए ।

अब ब्यान्डविथ किनेवापदको रकम भुक्तानी नभएपछि एयरटेलले आपूर्ति रोकिदिएपछि देशभर इन्टरनेट स्लो, डाउन र चल्दै नचल्ने भएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ४४ बजे

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका

स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा