जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग | Khabarhub Khabarhub

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण जमिन खाली गराउन स्थानीयले आग्रह गरेका छन् ।

विसं २०७६ माघ २४ गतेदेखि अतिक्रमित जग्गा खाली गराउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको भन्दै स्थानीयले यस्तो आग्रह गरेका हुन् ।

अभियन्ता शुभेन्द्रकुमार साहले जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई लिखितरूपमा ज्ञापनपत्र बुझाएको बताए ।

“सार्वजनिक सम्पत्ति हामी सबैको हो । त्यसैले नागरिकको कर्तव्य ठानेर अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन माग गरेका हौँ”, अभियन्ता साहले भने । आफ्नो माग सुनुवाइ नभए अब सत्याग्रह (आमरण अनशन) बस्नुपर्ने अवस्था आउने पनि उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भने मागसम्बन्धमा सत्यतथ्य बुझि आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

अतिक्रमित जग्गामा अहिले विभिन्न ११ परिवारले घर टहरा बनाएर बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ८ : १९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य