बुरुन्डीमा बाढीबाट २९ को मृत्यु | Khabarhub Khabarhub

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ ।

पूर्वी अफ्रिकामा हालका साताहरूमा मुसलधारे वर्षा भइरहेको छ । यसबाट यस क्षेत्रका केही भाग विशेषगरी केन्या र तान्जानियालाई ध्वस्त बनाएको छ र सयौँको ज्यान गएको छ ।

ताङ्गानिका तालको उत्तरपूर्वी तटमा रहेको बुरुन्डीको प्रमुख सहर बुजुम्बुरामा धेरै क्षेत्रमा बाढी आएको छ र सडक तथा पुल क्षतिग्रस्त भएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया एजेन्सी ओसिएचएले बुधबार अपडेटमा भनेको छ, “अल निनो घटनाका कारण मुसलधारे वर्षा, बाढी र पहिरो निम्त्याएको छ ।”

अप्रिल २६ सम्म दुई लाख ३७ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । विस्थापित ४२ हजारमध्ये आधाभन्दा धेरै महिला रहेको अपडेटमा उल्लेख छ । यस अवधिमा २९ जनाको मृत्यु र एक सय ७५ जना घाइते भएका छन् ।

अफ्रिकाको सबैभन्दा दोस्रो ठूलो ताल ताङ्गानिकाको स्तर लगातार बढिरहेको ओसिएचएले चेतावनी दिएको छ । बुरुन्डी सरकार र राष्ट्रसङ्घले गत महिना अविरल वर्षाको ‘विनाशकारी प्रभाव’ को सामना गर्न वित्तीय सहयोगका लागि अपिल सुरु गरेका थिए ।

यो अवस्थालाई लिएर राष्ट्रपति इभारिस्ट नदायिशिमियेको सरकारको विशेषगरी नागरिक समाज समूहरूबाट आलोचना भइरहेको छ । उनीहरूले अधिकारीहरूसँग आपत्कालीन अवस्था वा प्राकृतिक प्रकोपको अवस्था घोषणा गर्न आह्वान गरेका छन् ।

अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : ०० बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको