धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

उनीहरुलाई तीन ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विकाश नेपाली को घरमा चेकजाँच गर्दा उनको सुत्ने कोठाबाट ३ ग्राम ८२० मिलिग्राम लागुऔषध ९खैरो हेरोइन० फेला परेको थियो।

अन्य पाँच जनालाई बिक्रिबितरण र सेवनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढी–३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का, धनगढी–२ का २३ वर्षीय चेतन पनेरू, धनगढी–३ का २१ वर्षीय लक्ष्मिप्रसाद जोशी, डोटीको जोरायल गाउँपालिका–१ का २२ वर्षीय बिक्रम पातली र एक जना धनगढीका किशोर रहेका छन्।

पक्राउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १० : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका