सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति « Khabarhub

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘यसबारेमा कुरा पहिला पनि उठेको थियो । यसको समस्या समाधान गर्नु थियो । त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ’, शर्माले भनिन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । उनी सहकारी ठगीमा जोडिएको भन्दै नेपाली कांग्रेसले छानबिन हुनुपर्ने बताइरहेको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १० : २६ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित