लोकसभा निर्वाचन : एक्जिट पोलमा एनडीए दुई तिहाइ नजिक « Khabarhub

लोकसभा निर्वाचन : एक्जिट पोलमा एनडीए दुई तिहाइ नजिक


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा लोकसभा अन्तर्गत सबै सात चरणको मतदान सकिएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि चुनाव जित्ने सम्भावना रहेको एक्जिट पोलले देखाएको छ ।

विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् ।

एक्जिट पोलले बीजेपी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) करिब दुई तिहाई सीट नजिक रहेको अनुमान गरेको छ। जसमा एनडीएले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ ।

न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने कांग्रेसको इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ ।

त्यसैगरी इण्डिया न्यूजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै इण्डिया टुडे– एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान छ ।

विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठूला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन् ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ अर्थात आगामी मंगलबार घोषणा हुनेछ ।

सन् २०१९ को लोकसभामा बीजेपीले २९३ सिट जितेको थियो भने समग्रमा एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ४९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट