लोकसभा निर्वाचन : एक्जिट पोलमा एनडीए दुई तिहाइ नजिक « Khabarhub

लोकसभा निर्वाचन : एक्जिट पोलमा एनडीए दुई तिहाइ नजिक


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा लोकसभा अन्तर्गत सबै सात चरणको मतदान सकिएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि चुनाव जित्ने सम्भावना रहेको एक्जिट पोलले देखाएको छ ।

विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् ।

एक्जिट पोलले बीजेपी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) करिब दुई तिहाई सीट नजिक रहेको अनुमान गरेको छ। जसमा एनडीएले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ ।

न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने कांग्रेसको इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ ।

त्यसैगरी इण्डिया न्यूजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै इण्डिया टुडे– एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान छ ।

विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठूला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन् ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ अर्थात आगामी मंगलबार घोषणा हुनेछ ।

सन् २०१९ को लोकसभामा बीजेपीले २९३ सिट जितेको थियो भने समग्रमा एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ४९ बजे

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा