नारी सौन्दर्यसँग लत्रिएको अमेरिकी सत्ता | Khabarhub Khabarhub

नारी सौन्दर्यसँग लत्रिएको अमेरिकी सत्ता



आफ्नै बाबुको नाम नामेसी नखुलेको, जन्म दिने आमा अर्कैसँग घरजम गरेकी, अनाथलयमा हुर्किएकी एउटी अपठित बच्ची मर्लिन मुनरो नामकी सुविख्यात दिव्य सुन्दरीका रुपमा विश्वभर प्रख्यात होला भन्ने स्वयं उनैलाई पत्तो थिएन। ती सुन्दरीले हलिउडमा साम्राज्य मात्र जमाइनन, अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको विश्वास जित्न सफल भइन। तर सत्ता र शक्तिको त्यो धरोहरलाई नाजायज धन्दामा उपयोग गर्ने सोचिनन।

हलिउडको प्रतिस्पर्धी साम्राज्यमा बाजी जित्न अनेकौं सम्झौता त गरिन तर सत्य कुल्चिएर असत्यको मार्ग रोजिनन। जीवनमा आएका धन, सम्पत्ति, ऐश्वर्यका अनगिन्ती प्रस्ताव उनको महत्त्वमा रहेनन। जीवनभर विशुद्ध मायाको भोक बोकेकी मर्लिन मुनरो मायाकै खातिर स्वेच्छिक मृत्यु वरण गर्न पुगिन। प्रेमी होस, या जीवन साथी, समाज होस या परिवार सबैसँग विशुद्ध प्रेम बाँड्ने उनी चारैतिरबाट धोका भएपछि जीवनको उत्तराद्र्धमा विक्षिप्त भइन।

तड्पिएको मनलाई शान्ति दिन खाएको निद्राको औषधीले उनको जीवन पार्थिव बनायो। अझ भनौं पवित्र प्रेमरुपी जलको एक थोपाका लागि तड्पीतड्पी प्राण त्याग गर्न पुगिन। मृत्यु पूर्व उनले सिनेक्षेत्रका मुखुण्डो यसरी उतारिन, जुन विषयमा न आजसम्म कसैले बोलेको थियो, न बोल्ने हिम्मत नै गर्न सक्छ।

मर्लिनको जन्म १ जुन, १९२६ मा ग्लेडिज मुनरो बेकरको कोखबाट भएको थियो। उनको वास्तविक पिता को थिए भन्ने आजसम्म रहस्यकै गर्भमा छ।

मर्लिनको जन्म १ जुन, १९२६ मा ग्लेडिज मुनरो बेकरको कोखबाट भएको थियो। उनको वास्तविक पिता को थिए भन्ने आजसम्म रहस्यकै गर्भमा छ। बाल्यकालमा उनको नाम नौरमा जीन बेकर थियो। ग्लेडिज मुनरो विवाह बेकरसँग भए पनि मर्लिनले धर्ती टेक्नुअघि नै उनले एडर्व मौरेन्टेनसँग दोस्रो विवाह गरेकी थिइन। तर उनको पनि केही समयपछि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।

फ्रेड लरेन्स गाइल्सले आफ्नो पुस्तक ‘नोरमा जीन’मा मर्लिनका पिता वास्तवमा स्टनले गिफर्ड हुन भनेका छन्। गिफर्ड कन्सोलिडेटेड फिल्म इण्डस्ट्रीका कर्मचारी हुन, जहाँ मर्लिनकी आमा ग्लेडिज काम गर्थिन। गिफर्ड अत्यन्तै सुन्दर युवक थिए। मर्लिन प्राय भन्ने गर्थिन- ‘हलिउडका प्रसिद्ध फिल्म अभिनेता क्लार्क गेवलकी छोरी हुँ।’ अभिनेता गेवलको नाम यसकारण उपयोग गरेकी थिइन कि उनलाई सामाजिक प्रतिष्ठा प्राप्त होस्।

नर्मन मेलरले आफ्नो पुस्तक ‘मर्लिन’मा भनेका छन्- मर्लिनको जिन्दगी एकातिर अवैध छ भने अर्कोतिर परिवारमै वंशाणुगत मानसिक समस्या रहेको पाइन्छ। मर्लिनको बुबा भनिएका व्यक्तिले अन्तिम समय मानसिक चिकित्सालयमा बिताएका थिए। उनकी हजुरआमाले जीवनको उत्तरार्द्ध मानसिक अस्पतालमै गुजारिन। आमाको पनि त्यही हाल भयो। मामाले आत्महत्या गरे। सानैमा अनाथालय बस्न बाध्य उनले शिक्षा दीक्षा पाइनन। यद्यपि चर्चित व्यक्ति बन्न चाहन्थिन। उनको रुचि सम्पत्तिमा नभएर चमत्कारिक व्यक्ति बन्नेमा केन्द्रित थियो।

‘मेरो कामको एक भाग सहवास पनि हो। मैले जब मोडलिङको काम सुरु गरेँ, त्यतिबेला यौन सम्बन्ध मेरो पेशाको अभिन्न अंग थियो। सबै केटीले त्यो गर्नुपथ्र्यो, यदि कसैले गर्न नचाहेमा त्यो ठाउँ लिन अरु पच्चीसौं युवती तम्तयार हुन्थे।’

किशोरावस्थामै उनलाई आफ्नो रुप लावण्य पूँजी बन्ने हेक्का थियो। आफ्नो मृत्युको दुई वर्ष पहिले मर्लिनले लेखक ज्याक रोजिस्टिनसंग खुल्लमखुल्ला भनेकी थिइन- ‘मेरो कामको एक भाग सहवास पनि हो। मैले जब मोडलिङको काम सुरु गरेँ, त्यतिबेला यौन सम्बन्ध मेरो पेशाको अभिन्न अंग थियो। सबै केटीले त्यो गर्नुपथ्र्यो, यदि कसैले गर्न नचाहेमा त्यो ठाउँ लिन अरु पच्चीसौं युवती तम्तयार हुन्थे।’

उनको थप भनाइ थियो- ‘हलिउडका कुनै फिल्म निर्माताले अभिनेत्रीलाई फिल्ममा भूमिकाबारे छलफल गर्न बोलाउँदा उनीहरुको दिमागमा फिल्म मात्र हैन, अरु स्वार्थ पनि रहन्छ। यदि फिल्ममा भूमिका पाइयो भने। केटीहरुलाई पनि यस्ता कुराको परवाह हुँदैन। मैले अनेकौं पटक नचाहेको काम गर्नु परेको छ। त्यसकारण म यस्ता विषयवस्तुसँग राम्ररी परिचित छु। आत्मा साक्षी राखेर भन्ने हो भने म कयौं फिल्म निर्मातासँग सुतेकी छु। यदि मैले यी कुरा इन्कार गरेँ भने त्यो झुटो सावित हुनेछ।’

मर्लिनले बेलायती पत्रकार डब्लुजे बेदरवीसँग भनेकी थिइन- ‘एउटी केटीले आफू को सँग रात बिताउने भनेर निर्णय गर्न सक्दिन। यदि त्यसो गरिन भने ती केटी सिने अभिनेत्री बन्न सक्दिनन्। अभिनेत्री बन्न प्रतिभा पनि हुनुपर्छ। तर निर्मातासँग रात बिताउनेले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत गर्छ। अधिकांश अभिनेत्रीले फिल्ममा पहिलो भूमिका यही बाटोबाट हात पार्छन्।’

पैसाको पछि उनी कहिल्यै लागिनन्। अभिनेत्री बन्ने भूत भने सवार भएको थियो। अभिनेत्री बन्नुअघि सम्म आफ्नो लुगा धुने, भाँडा मोल्ने सबै काम आफैं गर्थिन। आफूसँग भएका २,३ जोर लुगा फेरेर लगाउँथिन। सस्तो भोजनालयमा खाना खान्थिन। आफ्नो आम्दानीको अधिकांश अंश अभिनय कौशल निखार्नमा खर्च गर्थिन।

‘अभिनेत्री बन्न प्रतिभा पनि हुनुपर्छ। तर निर्मातासँग रात बिताउनेले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत गर्छ। अधिकांश अभिनेत्रीले फिल्ममा पहिलो भूमिका यही बाटोबाट हात पार्छन्।’

कुनै समय थोरै पैसाका लागि पनि उनले आफ्नो शरीर बेच्नु परेको थियो। यी सबै यथार्थका बाबजुद् पनि मर्लिन अत्यन्त स्वाभिमानी केटी थिइन। अनेकौं धनाढ्यले उनलाई स्थायी रखेल बनाउन चाहेका थिए, चाहे जस्तो कपडा, बंगला, गाडी दिन तयार रहँदा पनि त्यो प्रलोभनमा परिनन।

आफ्नो मृत्यु पूर्व मर्लिनले जर्ज बोरिससँग भनेकी थिइन- ‘मलाई एउटा कुरामाथि गर्व छ कि म कसैको रखेल बनेर कहिल्यै बसिन। जुन पुरुषले मलाई किन्न चाहे, मैले तिनीहरुको प्रस्ताव किमार्थ स्वीकारिन। तर मैले तिनीहरुको महँगा लुगा उपभोग गरें, महँगो कारमा घुमें, जसले गर्दा मेरो मूल्य कहिल्यै घटेन। बरु बढ्दै गयो। यसो गर्दा मैले काम गर्ने सम्भावना पनि रहन्थ्यो।’

मर्लिन जुन कुरालाई अत्यन्त घृणा गर्थिन, परिस्थितिबश त्यही काम उनले गर्नुपथ्र्यो। जस्तो नग्न चित्र खिचाउनु। नाङ्गो फोटोका लागि दिइएको लाखौं डलर मर्लिनले लत्याएकी थिइन, तर मात्र ५० डलरका लागि उनले क्यालेण्डरमा नाङ्गो फोटो दिनुपर्यो। किनकी उनको पुरानो कार मर्मत गर्न त्यति नै पैसाको जरुरत थियो।

हलिउडको फिल्म उद्योगको बारेमा उनको निष्कर्ष थियो- ‘हलिउडमा केटीहरुको कपाल सजावटलाई बढी ध्यान दिइन्छ, उसको शीलको कुनै महत्त्व छैन। कसैको मूल्याङ्कन उसको रुप हेरेर हुन्छ। चरित्र हेरिदैन। हलिउड एक यस्तो ठाउँ हो, जहाँ एक चुम्बनको हजार डलर पाउन सकिन्छ तर शरीर आधा डलरमा बिक्री हुन्छ। मलाई यो यसकारण थाहा छ कि मैले पहिलो प्रस्ताव प्राय : लत्याएकी छु। अन्त्यमा आधा डलरमा आत्मा बेच्नुपरेको छ।’

मायाको भोक, मायाकै शोक
मर्लिन मायाकी भोकी परी थिइन। उनको एउटै इच्छा सामाजिक स्वीकृति र मान्यता प्राप्त गर्नु थियो। उनी तड्कभड्क दुनियाँकी प्राणी भए पनि ग्ल्यामरले कहिल्यै छोएन। स्थापित कामुक परिचयप्रति कति पनि रुचि थिएन। आफ्नो अभिनय प्रतिभा र आत्माको शुद्धताका लागि प्रतिष्ठित हुने कामना गर्दथिन। जुन प्रतिष्ठा उनले आफ्नो जीवनकालमा कहिल्यै प्राप्त गर्न सकिनन्। जन्म दिने बाबुलाई देख्ने, जान्ने सुअवसर मिलेन। सांसारिक वस्तुजस्तै आफ्नो स्वेच्छाले त्यस्ता पुरुषसँग निकट रहिन, जसबाट उनलाई थोरै भए पनि माया र सहारा प्राप्त हुन्थ्यो।

आर्थिक विवशताको परिस्थितिमा उनले पैसाकै लागि पनि यस्तो काम गरिन, तर मात्र गुजाराका लागि, विलासिताका लागि मर्लिनले कहिल्यै शरीर बेचिनन। उनले जीवनमा तीन पुरुषसँग विवाह गरिन। जीम डोअर्टी, जो डिमेगियो र प्रख्यात नाटककार आर्थर मिलर। तर ती सबैसँग सम्बन्ध विच्छेद भयो। चौथो विवाहका लागि पनि उत्सुक थिइन तर त्यो सम्भव भएन। शायद यही निरासाले उनको ज्यान लियो। मर्लिनको दृढ मान्यता थियो कि विवाह प्रेमको आधारमा हुनुपर्छ। विवाहलाई उनी प्रेममूलक र आदर्शवादी सम्बन्ध मान्दथिन।

उनले जीवनमा तीन पुरुषसँग विवाह गरिन। जीम डोअर्टी, जो डिमेगियो र प्रख्यात नाटककार आर्थर मिलर। तर ती सबैसँग सम्बन्ध विच्छेद भयो। चौथो विवाहका लागि पनि उत्सुक थिइन तर त्यो सम्भव भएन।

सिने जगतका प्रसिद्ध एजेन्ट जो अन्नी हाइडसँग उनका साथीको प्रगाढ सम्बन्ध थियो। हाइडले मर्लिनलाई धेरै पटक मद्दत गरेका थिए। मर्लिनप्रति उनको अगाध स्नेह थियो। यसकारण हाइड आफ्नो १० लाख डलरको सम्पति आफ्नो मृत्युपछि मर्लिनले प्राप्त गरुन भन्ने चाहन्थे। तर यसरी उत्तराधिकार प्राप्त गर्न कानुनी रुपमा मर्लिनले हाइडसँग विवाह गर्नुपथ्र्यो। कानुनी औपचारिकता पूरा गर्न विवाहका लागि लाखौं पटक आग्रह गरे। तर स्वाभिमानी मर्लिनले त्यसो गर्न मानिनन। मर्लिनलाई हाइडको इमान्दारीमा पूर्ण भरोसा थियो। उनले जीवनमा दुई पुरुषमाथि आँखा चिम्लेर विश्वास गरेकी थिइन। पहिलो हाइड र दोस्रो उनको भूतपूर्व पति जो डिमेगियो, जो आजीवन मर्लिनको घनिष्ट शुभेच्छुक रहे।

एक साथीले हाइडसँग विवाहको सल्लाह दिँदै यसबाट तिम्रो के हानी हुन्छ र भन्ने प्रश्नमा मर्लिनले भनेकी थिइन- ‘म केवल एउटा आधारले मात्र विवाह गर्छु। त्यो भनेको प्रेम हो। मलाई देखावटी विवाहमा कुनै मोह छैन।’

मर्लिनको पहिलो विवाह १६ वर्षको उमेरमा २१ वर्षीय जीम डोअर्टीसँग भएको थियो। सम्बन्ध विच्छेदपछि उनी पूर्ण रुपमा मोडलिङ क्षेत्रमा व्यस्त रहिन। निर्देशक वेन लियोनले आफ्नो चलचित्र ‘ट्वेन्टी एट्थ सेन्चुरी फक्स’का लागि स्क्रिन टेष्ट नलिएसम्म उनी मोडलिङमा नै व्यस्त थिइन। यो फिल्ममा आउनुपूर्व मर्लिनको नाम नोरमा जीन बेकर नै थियो। यस समयमा उनको उमेर २० वर्ष पुगेको थियो। मोडलिङबाट सिने जगतमा फाल हानेपछि आफ्नो पुरानो नाम र चिनारी तिलाञ्जलि दिँदै आफ्नो नाम मर्लिन मुनरो राखिन। यही नामसंगै नौलो र अन्जान महायात्रामा लम्किइन।

मर्लिनको दोस्रो पति जो डिमेगियोसंग पनि उनको यात्रा छोटो रह्यो। दिगो बनाउने लक्ष्यसहित आर्थर मिलरसँगको घरजमले पनि पाँच वर्षभन्दा लामो यात्रा तय गर्न सकेन।

सन् १९६० को अन्त्यतिर मर्लिनले आफ्नो अधिकांश समय अमेरिकी राष्ट्रपति जोन अफ केनेडीकी बहिनी तथा मर्लिनकी घनिष्ट साथी पेट केनेडी लाफर्डको सान्ता मोनिकास्थित लाफोर्ड बीच हाउसमा बिताइन।

सन् १९६० को अन्त्यतिर मर्लिनले आफ्नो अधिकांश समय अमेरिकी राष्ट्रपति जोन अफ केनेडीकी बहिनी तथा मर्लिनकी घनिष्ट साथी पेट केनेडी लाफर्डको सान्ता मोनिकास्थित लाफोर्ड बीच हाउसमा बिताइन। त्यतिबेला पेट सिने अभिनेता पीटर लाफोर्डकी पत्नी थिइन। अप्रिल १९६१ मा पेटले एक भव्य रात्रिभोज आयोजना गरेकी थिइन। त्यो भोजमा पेटका दाइ तथा अमेरिकाका तात्कालीन महान्यायाधिवक्ता रोबर्ट केनेडी र मर्लिन मुनरो पनि उपस्थित थिए। पहिलो नजरमै रोबर्ट मर्लिनप्रति आकर्षित भए।

यही वर्षको जुन महिनामा मर्लिनको भेट राष्ट्रपति केनेडीकी अर्की बहिनी जीन केनेडीसँग भयो। त्यसबेला पेट लाफोर्ड पनि त्यहीँ थिइन। पेटका पति लाफोर्डले केनेडीसँग मर्लिनको चिनजान गराए। अर्कोपल्टदेखि त कार्यकक्षमै भेटघाट बाक्लियो। राष्ट्रपति केनेडी त्यसै पनि महिलासँगको सम्बन्धमा बद्नाम थिए। राष्ट्रपति केनेडीसँग पटकपटक भेटपछि उनले आफ्नो मन मिल्दो साथी राल्फ रोबर्टसँग भनेकी थिइन- ‘मैले राष्ट्रपतिको जिउमा निक्कै आराम पुर्याइ दिएँ।’ यसपछि मर्लिन केनेडीको विशेष रुचिको पात्रमा रुपान्तरित भइन।

आज यो कुनै रहस्यको विषय रहेन कि राष्ट्रपति केनेडी मर्लिनप्रति आशक्त थिए। यद्यपि मर्लिनको रुचि राष्ट्रपति केनेडीतर्फ नरहेर रोबर्ट केनेडीसँग थियो। रोबर्ट पनि मर्लिनका प्रशंसक थिए। यतिबेलासम्म मर्लिन केनेडी परिवारको निकट पुगिसकेकी थिइन। मर्लिनलाई एउटा के भ्रम थियो भने रोबर्टसँगको उनको मित्रतामाथि केनेडी परिवारको पूर्ण समर्थन छ। त्यसैले उनले रोबर्टसँग विवाहको सपना देख्न थालेकी थिइन। उनी एकतर्फी प्रेमले उत्कर्षमा पुगेकी थिइन।

आज यो कुनै रहस्यको विषय रहेन कि राष्ट्रपति केनेडी मर्लिनप्रति आशक्त थिए। यद्यपि मर्लिनको रुचि राष्ट्रपति केनेडीतर्फ नरहेर रोबर्ट केनेडीसँग थियो।

मर्लिनले आफ्नो मनको भाव व्यक्त गर्दै मनचेस्टर गार्डेन पत्रिकासम्बद्ध पत्रकार डब्लूजे वेदरवीसँग भनेकी थिइन- ‘उनले अर्को विवाह गर्न सक्नेछिन तथा उनको भावी पति राष्ट्रिय राजनीतिका एक प्रमुख व्यक्ति हुनेछन्।’ मर्लिनप्रति अगाध स्नेह रहँदारहँदै पनि रोबर्ट यसका लागि आफ्नो राजनीतिक भविष्य दाउमा लाउन तयार भएनन। अगष्टको पहिलो हप्ता रोबर्ट आफ्नी पत्नी इथल र बच्चासँग विदा मनाउन सनफ्रान्सिस्को गए।

मर्लिनले त्यहाँ रोबर्टसँग सम्पर्कका लागि धेरै प्रयास गरिन तर सफल भएन। मर्लिनको भित्रीविश्वास के थियो भने रोबर्ट पत्नीसँग सम्बन्ध विच्छेद गरेर आफूसँग विवाह गर्न आउने छ। जब उनीहरु प्रशान्त महासागर तटमा विदा मनाउन गए, उनको भ्रम भंग भयो। यसैको चोटबाट उनी विक्षिप्त भइन। विश्वास टुटेसँगै आफू पूर्ण रुपमा बर्बाद भएको महसुस गर्न पुगिन। यसपछि निजी मनोचिकित्सक डा. राल्फ ग्रीनसनसँग पटकपटक फोनमा परामर्श गरिन। आफ्नो मन मिल्ने साथी जिनी कार्मेनलाई फोन सम्पर्क गरी निद्राको औषधी मागिन। तर उनले औषधी पठाइनन्।

दुर्भाग्यवश अर्को दिन मुनरो आफ्नै शयनकक्षमा मृत भेटिइन। परीक्षणबाट थाहा भयो, निद्राको औषधी अधिक सेवन गरेकी थिइन। उनले यो औषधी तनावबाट मुक्ति पाउन खाइन कि मृत्युवरणका लागि सहज बाटो खोजिन भन्ने अझै खुलेको छैन। मर्लिनको मृत्युपछि पनि उनको ख्याती बारेको चर्चा सेलाएको छैन।

मर्लिनको भित्रीविश्वास के थियो भने रोबर्ट पत्नीसँग सम्बन्ध विच्छेद गरेर आफूसँग विवाह गर्न आउने छ। जब उनीहरु प्रशान्त महासागर तटमा विदा मनाउन गए, उनको भ्रम भंग भयो।

विश्वका हरेक कुनामा उनी छाएकै छिन। कलाकारका लागि त उनी आइडल नै हुन। धन, दौलत र ऐश्वर्यको माहोलमा रहेर काम गरिन तर त्यही वस्तुसंग मोह देखाइनन। लाखौं डलर पारिश्रमिक थाप्दा पनि त्यसको आशक्ति र अनुरागबाट कहिल्यै प्रभावित भइनन। जीवनभर आत्मीय प्रेमको खोजी गरिन्। तर सफल भइनन। उनको जीवनमा त्यस्तो मित्र कहिल्यै आएन जसले सम्झाउन सकोस, यो खोज्ने विषय नभएर ईश्वरीय बरदान हो। शायद जब उनलाई यो सत्यको आभाष भयो, तब जीवनप्रतिकै मोह भंग भएर आफूलाई महायात्रामा लैजाने निधो गरिन।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : १६ बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर