चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै « Khabarhub

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सत्ता गठबन्धन दलले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस सरकार बनाउने सहमति भएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले अल्पमतमा परिसकेकाले मुख्यमन्त्री यादवलाई पदबाट हटाउन प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

आइतबार नै प्रदेश प्रमुख भण्डारीसमक्ष ज्ञापन पत्र बुझाइन लागिएको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।

‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले दीर्घकालीन निर्णयहरू नगर्न र पञ्चवर्षीय योजना र आगामी आर्थिक वर्षको बजेट आउनपूर्व नै राजीनामा गरेर बाटो खोलिदिन आग्रहसहित प्रदेश प्रमुखसमक्ष ज्ञापन पत्र बुझाउँदैछौँ’, साहले खबरहबलाई भने ।

मधेसका हालका मुख्यमन्त्री सरोज यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेता हुन् ।

अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएसँगै मधेसमा नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो ।

माओवादी र एमालेले वैशाख ३० गते सरकार छोडेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

१०७ सदस्य रहेको मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दल हो ।

प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् । लोसपाका ९ सांसदमध्ये १ जना अभिराम शर्मा निलम्बित छन् ।

राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको १–१ जना सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ एमाले, जनमत, लोसपा, एकीकृत समाजवादी र माओवादी मिल्दा बहुमत पुग्छ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  २ : ३७ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित