अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा « Khabarhub

अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले झापास्थित गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा सांसद झाले  रास्वपा सरकारमा गएपछि कैलालीको टीकापुर जग्गा र बाँसबारीस्थित छालाजुत्ता उद्योगको जग्गा प्रकरणको छानबिन गरेको दाबी गरे ।

सांसद झाले भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गर्ने बताउँदै गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको दाबी गरेका छन् ।

उनले सहकारी प्रकरणमा सशर्त छानबिन समिति बनाउन आफूहरूले तयार भएपछि त्यही आधारमा अहिले संसदीय छानबिन समिति बनेको धारणा राखे।

आफूहरू प्रशस्तै विकल्प छाडेर देशका लागि केही गर्न राजनीतिमा होमिएको उनले जिकिर गरे ।

सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरूले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने कुरा उचित नभएको बताए ।

लामो समय संसद् अवरुद्ध हुँदा जनताका समस्या उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद् खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइरहने पनि बताए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : २२ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त