सांसद गौतमको तर्क- बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँ केन्द्रित देखिन्छ « Khabarhub

सांसद गौतमको तर्क- बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँ केन्द्रित देखिन्छ


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले अहिलेको बजेटले आर्थिक पुनः संरचना दिन नसक्ने बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद गौतमले बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँ केन्द्रित भएको टिप्पणी गरेकी हुन् ।

‘यो सरकारको बजेट हेर्दा हामीले खोजेको आर्थिक समृद्धिभन्दा पनि सीमित व्यक्ति र राजनीतिक चतुर्‍याइँको लागि केन्द्रित भएको देखिन्छ,’ उनले भनिन्, ‘कम्तीमा वित्तीय व्यवस्थापन खर्चभन्दा पुँजीगत खर्च रू एक मात्र बढी भएको भए बजेटले दिने सन्देश फरक हुन्थ्यो ।’

विकास र समृद्धि खोज्ने अनि त्योभन्दा फरक बजेट प्रस्तुत हुँदा देश आर्थिक संकुचनमा जाने गौतमले बताइन् ।

निजी क्षेत्रको मनोबल बढाउने कस्तो कार्यक्रम लिएको छ भनेर पनि स्पष्ट नीति नभएको पनि उनले बताइन् । व्यवसायीलाई दोहोरो कर लगाउने र मनोवैज्ञानिक रूपमा आतंकित बनाउने काम भएको पनि उनले बताइन् ।

‘नेपालको संविधानमा भएको व्यवस्था अनुरूप समाजवाद उन्मुख अर्थ व्यवस्थाअनुसार बजेट आउनुपर्ने हो । तर, सरकारको अभ्यास त्योअनुसार भएको देखिँदैन,’ उनले भनिन्, ‘निजी क्षेत्रले आफ्नो मनोबल उच्च राख्न व्यावसायिक वातावरण सहज छ कि छैन त्यसमा भर पर्छ । झट्ट हेर्दा बजेट निजी क्षेत्र मैत्री देखिन्छ । सूक्ष्म तरिकाले नियाल्ने हो भने मलाई लाग्छ यो अवस्था छैन ।’

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : ५२ बजे

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज