जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो « Khabarhub

जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

फ्र्याङ्कफर्ट – भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।

धेरै दिनदेखि लगातार परेको वर्षाले जर्मनीका डोनाउ, नेकर र गुएन्जलगायतका धेरै नदीमा पानीको स्तर बढेको छ । यसले तटीय सहरहरू व्यापक बाढी आएको छ र र धेरै क्षेत्रमा पानीको स्तर एक शताब्दीको उच्चस्तरमा पुगेको छ ।

जर्मनीका दुई दक्षिणी राज्य बाभेरिया र बाडेन–वुर्टेम्बर्ग सबैभन्दा बढी प्रभावित छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे बाभेरियाका १० जिल्लामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

न्युबर्ग–श्रोबेनहौसेन जिल्लाका छ सय ७० भन्दा बढी बासिन्दालाई निकालिएको स्थानीय अधिकारीले बताए । जर्मन मौसम सेवाले दक्षिणी जर्मनीका धेरै जिल्लामा उच्चस्तरको गम्भीर मौसम चेतावनी जारी गरेको छ ।

बाडेन–वुर्टेम्बर्गको मेकेनब्युरेन सहरमा पनि बाढीको जोखिमका कारण करिब एक हजार तीन सय मानिसलाई आफ्नो घर छोड्न भनिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : १६ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ