आज २०८१ साल असार १८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १८ गते मंगलबारको राशिफल


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १८ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई २ तारिख। असार कृष्ण पक्षको एकादशी तिथि। योगिनी एकादशी व्रत। खेलकुद पत्रकारिता दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सोचेर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारसँगको भेटले दिन रमाइलो बन्नेछ।

वृष : कला र संस्कृतिप्रतिको झुकावले मनमा उत्साह बढ्नेछ। आत्मबल बढ्नाले लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ। प्रतिस्पर्धामा सफल बन्नुहुनेछ। राजनीतिक क्षेत्रमा ठुलो उपलब्धि प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। नयाँ ठाउँको यात्रामा पुराना साथीसँग भेट हुनेछ। काम गर्नु अगाडि विवेक प्रायोग गर्नु राम्रो हुनेछ।

कर्कट : साथीबाट असहयोग हुनेछ। आफ्नो योजना हतारमा सार्वजनिक गरेमा घाटा हुनेछ। आफन्तले असहयोग गर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सानो कुरामा अलमल गर्नाले ठुलो काममा अवरोध पुग्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारबाट नाफा हुनेछ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु राम्रो हुनेछ।

कन्या : सामाजिक क्षेत्रमा असन्तुष्टि बढ्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। निरन्तरको प्रयासले सफल बन्नुहुनेछ। काम गर्दा धैर्यता आवश्यक देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ।

तुला : समय रमाइलो छ। विशिष्ट व्यक्तिसँगको भेटले काम बन्नेछ। लगानीको क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परोपकारमा समय जानेछ। परिवारमा भने विवाद बढ्नेछ।

वृश्चिक : आँट र दक्षताले मात्र काम बन्ने दिन छ। आफन्तले खर्च बढाउने छन्। राजनीतिक क्षेत्रमा भने मान र सम्मान बढ्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आर्थिक प्रगति हुनेछ। साथीको सहयोगले असम्भव काम बन्नेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारसँग रमाइलो हुनेछ। सही सल्लाहले दिन रमाइलोसँग बित्नेछ।

मकर : सामाजिक कार्यमा अवरोध हुनेछ। आर्थिक कारोबारमा मन्दी हुनेछ। तनावको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आजको लगानीबाट खर्च बढ्नेछ। ठुलो कारोबार नगर्नु राम्रो हुनेछ। निजी श्रम लगानीको प्रतिफल अरुले लिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

मीन : सामान्य लाभ हुने दिन छ। स्वास्थ्यमा समस्या हुँदा मन उदास र निराश बन्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : २१ बजे

प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीले पाए छात्रवृत्ति 

काठमाडौं– बागमती प्रदेश सरकारले प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई छात्रवृत्ति

गृह प्रशासनलाई सुशासन र विकासको आधार बनाइने : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्र

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक