आज २०८१ साल असार १८ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल असार १८ गते मंगलबारको राशिफल


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १८ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई २ तारिख। असार कृष्ण पक्षको एकादशी तिथि। योगिनी एकादशी व्रत। खेलकुद पत्रकारिता दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सोचेर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारसँगको भेटले दिन रमाइलो बन्नेछ।

वृष : कला र संस्कृतिप्रतिको झुकावले मनमा उत्साह बढ्नेछ। आत्मबल बढ्नाले लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ। प्रतिस्पर्धामा सफल बन्नुहुनेछ। राजनीतिक क्षेत्रमा ठुलो उपलब्धि प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। नयाँ ठाउँको यात्रामा पुराना साथीसँग भेट हुनेछ। काम गर्नु अगाडि विवेक प्रायोग गर्नु राम्रो हुनेछ।

कर्कट : साथीबाट असहयोग हुनेछ। आफ्नो योजना हतारमा सार्वजनिक गरेमा घाटा हुनेछ। आफन्तले असहयोग गर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सानो कुरामा अलमल गर्नाले ठुलो काममा अवरोध पुग्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारबाट नाफा हुनेछ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु राम्रो हुनेछ।

कन्या : सामाजिक क्षेत्रमा असन्तुष्टि बढ्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। निरन्तरको प्रयासले सफल बन्नुहुनेछ। काम गर्दा धैर्यता आवश्यक देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ।

तुला : समय रमाइलो छ। विशिष्ट व्यक्तिसँगको भेटले काम बन्नेछ। लगानीको क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परोपकारमा समय जानेछ। परिवारमा भने विवाद बढ्नेछ।

वृश्चिक : आँट र दक्षताले मात्र काम बन्ने दिन छ। आफन्तले खर्च बढाउने छन्। राजनीतिक क्षेत्रमा भने मान र सम्मान बढ्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आर्थिक प्रगति हुनेछ। साथीको सहयोगले असम्भव काम बन्नेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारसँग रमाइलो हुनेछ। सही सल्लाहले दिन रमाइलोसँग बित्नेछ।

मकर : सामाजिक कार्यमा अवरोध हुनेछ। आर्थिक कारोबारमा मन्दी हुनेछ। तनावको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आजको लगानीबाट खर्च बढ्नेछ। ठुलो कारोबार नगर्नु राम्रो हुनेछ। निजी श्रम लगानीको प्रतिफल अरुले लिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

मीन : सामान्य लाभ हुने दिन छ। स्वास्थ्यमा समस्या हुँदा मन उदास र निराश बन्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : २१ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा