एमालेका मन्त्रीहरूले राजीनामा दिँदै | Khabarhub Khabarhub

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् ।

एमालेका एक मन्त्रीले भने– ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ।’

ती मन्त्रीका अनुसार आज नै नयाँ सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्रीलाई पनि ओलीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बताइएको छ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।

बर्तौलाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौं।’

उनले अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ५५ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा