२ पटक सर्किट लागेर ४७ अंकमा सीमित शेयर बजार  « Khabarhub

२ पटक सर्किट लागेर ४७ अंकमा सीमित शेयर बजार 


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबारको दिन शेयर बजारमा उछाल आएको छ । शेयर बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट हानेर २० मिनेट बन्द भएको बजारमा खुल्ने बित्तिकै पुन दोस्रो पटक पनि सर्किट हानेको थियो ।

त्यसपश्चात् घट्दै गएको शेयर बजार अन्तिम समयसम्म ४७ दशमलव ०४ अंकमा सीमित भएको छ । अन्तिम समयमा नेप्से परिसूचक २ दशमलव २९ प्रतिशतले बढेर २१०० को विन्दुमा पुगेको हो ।

आज २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, यूनाइटेड इर्दी मर्दीको पनि १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ३१५ कम्पनीका ६० हजार ७ सय २० कारोबारबाट ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आजको कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० पुगेको छ ।

सरकार परिवर्तन हुने उत्साह सँगै  शेयर बजारमा देखिएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ गठबन्धनको सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको हो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : २० बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न