मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित « Khabarhub

मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् । 

आर्थिक वर्ष २०७५-७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिइन्। उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट छ करोड ३४ लाख ७१ हजार चार सय खर्च भएको छ । 

आव २०७५-७६ मा स्वीकृत ४३ लाख बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए । यस्तै आव २०७६-७७ मा रु ७१ लाख ८० हजार बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७-७८ मा रु दुई करोड ४६ लाख ६१ हजार बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८-७९ मा रु दुई करोड ५८ लाख १४ हजार स्वीकृत बजेटबाट आठ सय ८९ व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले जानकारी दिनुभयो । आव २०७९-८० मा रु एक करोड ८९ लाख २४ हजार बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०-८१ मा ५८ लाख २५ हजार बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले जानकारी दिइन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबारलगायतका काम भएका छन् । कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ०१ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन