यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय | Khabarhub Khabarhub

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा मङ्गलबार बेलुकीसम्म बसेको बैठकले अध्यक्ष ओली नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओली नेतृत्वमा बन्ने सरकारलाई समर्थन र मार्गप्रशस्त निम्ति अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

हालको प्रमुख प्रतिपक्षी काँग्रेससँग मिलेर नयाँ सत्ता गठजोड बनाउने कसरतलाई अन्तिम रूप दिन खोजेको एमालेले तत्काल प्रधानमन्त्रीको राजीनामा चाहेको छ । तर प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने र विश्वासको मतको प्रक्रियामा जाने बताएका छन्‌ ।

एमालेले प्रधानमन्त्रीलाई भन्योः नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ३३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित